back
CTIZAN AD

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

वि.सं.२०८३ साउन २१ बिहीवार

33 

shares

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका बेला अन्ततः मुख्यमन्त्री हिक्मत कार्कीले नै निरन्तरता पाउने निश्चित बनेको छ।

सत्ता गठबन्धनभित्र भएको छलफलपछि नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको शर्त स्वीकार गर्ने सहमतिसँगै कार्कीलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने समझदारी बनेको स्रोतले जनाएको छ।

बुधबार गुण्डुमा भएको छलफलले मध्यमार्गी निकास निकाल्दै मुख्यमन्त्री कार्कीलाई निरन्तरता दिने, तर अध्यक्ष ओलीले आवश्यक ठानेको बेला पदबाट हट्ने सहमतिमा दुवै पक्ष पुगेका हुन्।

यसअघि कोशी प्रदेशमा नेतृत्व परिवर्तन गरी नयाँ मुख्यमन्त्री ल्याउने विषयमा गठबन्धनभित्र विभिन्न तहमा छलफल भएको थियो। तर अन्तिम चरणमा कार्कीलाई नै निरन्तरता दिने निष्कर्षमा शीर्ष नेतृत्व पुगेको बताइएको छ।

यससँगै केही सातादेखि कोशी एमालेभित्र चर्किएको नेतृत्व विवाद तत्कालका लागि मत्थर भएको छ। यद्यपि, अध्यक्ष ओलीले मुख्यमन्त्री परिवर्तन गर्ने निर्णय कहिले लिने भन्नेबारे कुनै समयसीमा तय गरिएको छैन।

नेतृत्व परिवर्तनको सट्टा प्रदेश सरकारको कार्यसम्पादन प्रभावकारी बनाउने, गठबन्धन दलबीच समन्वय सुदृढ गर्ने तथा सरकार सञ्चालनमा सहकार्य बढाउने विषयमा सहमति भएको छ। सोही सहमतिअनुसार मुख्यमन्त्री कार्कीले सरकारको नेतृत्वलाई निरन्तरता दिने भएका हुन्।

यसअघि मुख्यमन्त्री कार्कीले आफूलाई हटाउन नसक्ने भन्दै पार्टीको संस्थागत निर्णयबिना पद नछाड्ने अडान लिँदै आएका थिए। सोमबार विराटनगरमा सञ्चारकर्मीसँग उनले आफू संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त मुख्यमन्त्री भएकाले सामान्य राजनीतिक दबाबका आधारमा सरकार परिवर्तन नहुने बताएका थिए। उनको अन्तमा उनी अध्यक्ष ओलीको निर्णय मानेर अघि बढ्ने निर्णयमा पुगेका हुन् ।

यद्यपि, एमाले कोशी प्रदेश भित्रको सत्ता विवाद केहि समयको लागि टरेको त छ तर अध्यक्षबाट कार्की कुनै पनि बेला हटाइने सक्ने स्थिति यथावत रहेको टिप्पणी पार्टीभित्रकै नेताहरुको छ ।

वि.सं.२०८३ साउन २१ बिहीवार १२:२८ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...