काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुशील लामिछानेको सचिवालयले जनाएअनुसार सडकखण्ड चार चक्के साना सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी सुचारु भएको हो।
सडकखण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सडक सञ्जालसँग जोडिएको छ। यसले विपद्का कारण सडक सम्पर्क विच्छेद भएको रसुवामा आवागमन तथा राहत र उद्धार कार्यलाई समेत सहज बनाउने छ।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:०० मा प्रकाशित






























