back
CTIZAN AD

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

वि.सं.२०८३ भदौ १२ शुक्रवार

21 

shares

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

भदौ १० गते बिहान भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बैंकले जनाएको छ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सो अवसरमा अर्थमन्त्री वाग्लेले बाढीपीडितका लागि बैंकको तर्फबाट गरिएको सहयोगप्रति नेपाल बैंक परिवारलाई धन्यवाद दिएका थिए।

चेक हस्तान्तरण कार्यक्रममा सञ्चालक समितिका सदस्य लम्सालले नेपाल बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महाभूकम्प, महामारीको रोकथाम तथा नियन्त्रणलगायत विभिन्न राष्ट्रिय विपद्का समयमा आर्थिक सहयोग गर्दै आएको बताए।

सोही निरन्तरताअन्तर्गत भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गरिएको र आगामी दिनमा समेत राष्ट्रिय विपद्का समयमा बैंकको तर्फबाट यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता उनले व्यक्त गरे।

बैंकले बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। बैंकले प्रभावित नागरिकको शीघ्र उद्धार तथा राहत र पुनःस्थापनाका लागि समेत शुभेच्छा व्यक्त गरेको छ।

वि.सं.२०८३ भदौ १२ शुक्रवार १०:१४ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

आइएमई लाइफ इन्स्योरेन्सको दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी...