काठमाडौं | हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS Automotive Co., Ltd. चाइनासँगको समन्वयमा, भाद्र १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायका लागि राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारसँग ऐक्यबद्धता जनाउँदै कुल रु. ७०,००,००० (सत्तरी लाख रुपैयाँ) सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
उक्त घोषित रकम मध्य पचास लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गर्ने योजना रहेको छ, जसले नेपाल सरकारमार्फत सञ्चालन हुने राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा सहयोग पुर्याउनेछ भने बाँकी बीस लाख रुपैयाँ बराबरकोको अत्यावश्यक राहत सामग्री खरिद गरी बाढी प्रकोप क्षेत्रमा सामाजिक संस्था तथा त्यस स्थानका स्थानीय सरकारको समन्वयमा वितरण गर्ने योजना रहेको छ। उक्त राहत सामग्रीहरु विपदबाट सबैभन्दा बढी प्रभावित तथा तत्काल सहयोगको आवश्यकता रहेका क्षेत्रहरू पहिचान गरी वितरण गरिनेछ।
यस किसिमको प्रत्यक्ष राहत वितरणका लागि MAXUS Nepal ले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी प्राथमिकतामा रहेका क्षेत्र तथा वस्तुहरूको पहिचान गरी गरी उपलब्ध गराउनेछ भने राहत सामग्रीको प्रकृति, वितरण क्षेत्र, वितरण प्रक्रिया तथा कार्यान्वयनको समयतालिका हाल सम्बन्धित पक्षहरूसँग छलफल तथा समन्वयको प्रक्रियामा रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम हस्तान्तरण गर्ने मिति तथा राहत सामग्री वितरणसम्बन्धी विस्तृत जानकारी आवश्यक समन्वय तथा तयारी पूरा भएपछि छुट्टै सार्वजनिक गरिनेछ।
यो पहल MAXUS Nepal र SAIC MAXUS को नेपाल र नेपाली जनताप्रतिको दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो। हाम्रो सम्बन्ध केवल व्यावसायिक सहकार्यमा सीमित नभई कठिन परिस्थितिमा देश र समुदायसँग उभिने सामाजिक उत्तरदायित्वमा समेत आधारित रहेको छ।
MAXUS Nepal घोषित सहयोग जिम्मेवार, पारदर्शी तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जारी राहत तथा पुनर्स्थापना प्रयासमा अर्थपूर्ण योगदान पुर्याउन प्रतिबद्ध छ। कम्पनीले विपद्बाट प्रभावित परिवारहरूप्रति पुनः हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रहरूको सुरक्षित र शीघ्र पुनर्स्थापनाको कामना गरेकाे छ ।
MAXUS Nepal(Himalaya Motrox Pvt. Ltd. नेपालका लागि SAIC MAXUS सवारी साधनहरूको आधिकारिक वितरक हो।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १०:०६ मा प्रकाशित






























