back
CTIZAN AD

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

वि.सं.२०८३ भदौ १२ शुक्रवार

12 

shares

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरु हाल सुरक्षित स्थानमा रहेको र आवश्यक परेमा कर्मचारीहरु र परिवारका सदस्यहरु सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको जनाइएको छ ।

बाढीका कारण यस बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ ।
बैंकले ती शाखा कार्यालयहरु पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने जानकारी समेत गराएको छ ।

आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको बैंकको भनाई छ ।

बैंकले बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना समेत गरेको छ ।

हालसम्म सम्पर्कमा नआएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना बैंकले कामना गरेको छ ।

 

 

वि.सं.२०८३ भदौ १२ शुक्रवार १४:३७ मा प्रकाशित

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...