back
CTIZAN AD

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

वि.सं.२०८३ भदौ ९ मंगलवार

shares

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष तथा वरिष्ठ सञ्चारकर्मी सन्तोष खड्का सामाजिक सेवा तथा परोपकारी पत्रकारितामा पुर्‍याएको योगदानका लागि सम्मानित भएका छन्।

पूर्वी नेपाल समाज दक्षिण कोरियाले खड्कालाई समुदाय तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै परोपकारी पत्रकारितामार्फत पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरेको हो।

दक्षिण कोरियामा डेढ दशकभन्दा लामो समयदेखि रहँदै आएका खड्का पत्रकारितासँगै सामाजिक सेवामा समेत सक्रिय छन्। उनी सामाजिक अभियन्ताका रूपमा पनि परिचित छन्।

सम्मान ग्रहण गर्दै खड्काले प्राप्त सम्मानलाई व्यक्तिगत उपलब्धिभन्दा पनि आगामी दिनमा सामाजिक सेवा र परोपकारी पत्रकारितालाई निरन्तरता दिन थप प्रेरणा र जिम्मेवारीका रूपमा लिएको बताए।

“हिजो पनि उही थियो, आज पनि उही छ र भोलि पनि उही रहनेछ—मेरो सामाजिक सक्रियता, सेवाभाव र परोपकारी पत्रकारिताको यात्रा,” उनले भने।

पत्रकारिता तथा सामाजिक नेतृत्वका क्रममा आफूले कुनै व्यक्तिगत अपेक्षा नराखेको उल्लेख गर्दै खड्काले आगामी दिनमा पनि समुदाय र समाजप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको अध्यक्ष, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताका रूपमा परोपकारी पत्रकारिताको यात्रालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने बताए।

सम्मानप्रति आभार व्यक्त गर्दै खड्काले पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदारप्रसाद निरौलासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद दिए।

उनी दक्षिण कोरियामा रहेका एक दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा सल्लाहकार तथा सक्रिय भूमिकामा समेत रहेका छन्।

पूर्वी नेपाल समाज दक्षिण कोरिया दक्षिण कोरियामा सक्रिय सामाजिक संस्थाका रूपमा परिचित छ। संस्थाले सामाजिक सेवाका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १५:४२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...