back
CTIZAN AD

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

वि.सं.२०८३ भदौ ९ मंगलवार

shares

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका सम्बन्धमा गजल प्रवद्र्धन केन्द्र नेपालले सुझाव दिएको छ ।

प्रतिष्ठानकोे साउन २८ गते बसेको बैठकले नेपाली गजलका जनक युवा कवि मोतीराम भट्टको जन्मजयन्तीका अवसर पारेर आयोजना गर्न लागेको राष्ट्रिय गजल दिवसका विषयमा बुँदागत रुपमा केही सुझाव दिएको हो ।

केन्द्रले निश्चय पनि नेपाली गजलका पिता मोतीराम भट्टको सम्झनासहित गर्न लागिएको राष्ट्रिय गजल दिवसले समग्र गजल प्रेमीहरुमा हर्षेल्लास सञ्चार गरिदिएको विश्वास गरेको बताएको छ । साथै मोतीराम भट्टले भित्राएको गजल विधाले यथोचित स्थान प्राप्त गरी नेपाली भूमिमा प्रयाप्त साधनको अवसर पाउने छ र छिट्टै यसले अन्तराष्ट्रिय मान्यता पाउने विश्वास समेत केन्द्रको रहेको छ ।

‘यद्यपी त्यसको निम्ति गजल क्षेत्रमा भइरहेको बेथिति र विसंङ्गतिहरुलाई हटाएर शुद्धिकरण भने हुनैपर्छ । गजलको सिद्धान्त विपरीतका सिर्जनालाई हामीले गजल भन्न छोड्नुपर्छ र दशकौसम्म भड्किएको नेपाली गजल क्षेत्रलाई सही दिशा दिनुपर्नेछ ।’ केन्द्रद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘वर्तमान प्रज्ञा नेतृत्वले गजल क्षेत्रको यावत् समस्यालाई पहिचान गरी अघि बढाउला ? सबैको जिज्ञासु नजर एकपटक फेरि प्रज्ञातर्फ केन्द्रीत भएका छन् ।’ केन्द्रले भनेको छ ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:२४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...