back
CTIZAN AD

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

वि.सं.२०८३ भदौ ९ मंगलवार

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना सांसदहरूलाई पदमुक्त गर्ने निर्णयलाई लिएर विवाद चर्किएको बेला थप नयाँ बहस आएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशका तीन सांसदलाई पदमुक्त गर्न पठाएको पत्रको आधिकारिकतामाथि पूर्वअध्यक्ष कमल थापाले प्रश्न उठाएपछि विवाद थप पेचिलो बनेको हो।

राप्रपा नेता कमल थापाले सामाजिक सञ्जालमार्फत राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पदमुक्त गर्न पठाइएको पत्र ‘फेक’ हुन सक्ने आशंका व्यक्त गरेका छन्।

थापाका अनुसार भदौ ४ गतेपछि राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको कुनै बैठक बसेको छैन। यस्तो अवस्थामा तीन सांसदलाई कारबाही गर्ने निर्णय कसरी भयो भन्नेमा उनले प्रश्न उठाएका छन्।

उनले पत्रमा निर्णय भएको बैठकको मिति उल्लेख नभएको विषयलाई समेत आधार बनाउँदै पत्रको आधिकारिकतामाथि आशंका गरेका हुन्। यद्यपि, उनले आफूले गरेको आशंका गलत साबित होस् भन्ने चाहना पनि व्यक्त गरेका छन्।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंलाई पत्र पठाउँदै प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन सांसदलाई पदमुक्त गर्न आग्रह गरेका थिए।

राप्रपाले राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङले पार्टीको निर्देशन तथा ह्विप उल्लंघन गरेको र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको आरोप लगाएको छ। पार्टीका अनुसार उनीहरूलाई केन्द्रीय अनुशासन समितिको सिफारिसका आधारमा कारबाही गरिएको हो।

तीनै सांसदलाई मुख्यमन्त्री किरण थापा मगरले भदौ ४ गते प्रदेश सरकारमा मन्त्री नियुक्त गरेका थिए। विष्टलाई खानेपानी, तामाङलाई स्वास्थ्य तथा सामाजिक विकास र प्रजापतिलाई उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

उद्धव थापामाथि पनि कारबाही

राप्रपाले यसअघि बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि पनि कारबाही गरेको थियो। पार्टीको निर्णयविपरीत एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको आरोपमा उनलाई पार्टीबाट निष्कासन गर्नुका साथै प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा पत्र पठाइएको थियो।

उद्धव थापामाथि गरिएको कारबाहीप्रति पनि कमल थापाले असहमति जनाएका थिए। उनले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको बताइएको छ।

यसरी बागमती प्रदेशमा सरकार गठनको विषयबाट सुरु भएको विवाद अहिले सांसदको कारबाही, पदमुक्ति र पार्टी निर्णयको वैधानिकतासम्म पुगेको छ। तीन सांसदलाई पदमुक्त गर्न पठाइएको पत्रबारे कमल थापाले उठाएको प्रश्नले राप्रपाभित्रको आन्तरिक विवादलाई थप गहिरो बनाएको छ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १३:५९ मा प्रकाशित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...