back
CTIZAN AD

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

वि.सं.२०८३ भदौ ९ मंगलवार

12 

shares

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ। भदौ ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने अटो शोमा बैंकले सवारी कर्जा लिन चाहने ग्राहकलाई परामर्श, सहजीकरण तथा समन्वय सेवा उपलब्ध गराइरहेको छ।

बैंकले विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ। अटो शोको अवसरमा सवारी कर्जामा आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा समेत विशेष छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार भदौ महिनाका लागि आधार दर ५.६४ प्रतिशत कायम रहेको छ। आधार दरमा आधारित सवारी कर्जा लिने ग्राहकले यसको प्रत्यक्ष लाभ लिन सक्ने बैंकको भनाइ छ।

विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले अटो शोमा स्टल राखेको हो। सवारी कर्जासम्बन्धी जानकारी तथा सेवाका लागि ग्राहकले अटो शोको हल नम्बर ४ स्थित बैंकको स्टलमा सम्पर्क गर्न सक्नेछन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष हुने अटो शोमा महालक्ष्मी विकास बैंकले नियमित रूपमा सहभागिता जनाउँदै आएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:०४ मा प्रकाशित

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

तीन सांसदलाई पदमुक्त गर्ने पत्रमाथि कमल थापाको आशंका सहितको प्रश्न

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी...

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित बनाउन निर्देशन

काठमाडौँ, । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण...

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

देउवा–खड्काको रिटमा बिहीबार पेसी, सर्वोच्चको सुनुवाइ दुवै समूहका लागि महत्वपूर्ण मोड

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...