back
CTIZAN AD

गजल

वि.सं.२०८३ भदौ ६ शनिवार

shares

अनुराग अरुण

हरे दैव कस्तो जमाना भयो
सुधो मूर्ख भो मूर्ख राजा भयो

बगरको शिलालाई पुज्छन् सबै
गरिब सर्वहारा त हेला भयो

कहाँ जाऊँ मनको व्यथा पोख्न म
स्वयम् देवताबाट धोका भयो

गरी प्रेम माग्ने भएको छ ऊ
जता धन उतै लाग्ने माया भयो

धनीको छ आरामदायी महल
गरिबको कुटी जून तारा भयो

बहर : मुतकारिब मुसम्मन महजुफ
अर्कान : फऊलुन्, फऊलुन्, फऊलुन् फअल्
वजन : १२२ – १२२ – १२२ – १२
काफिया : आ (एकाक्षरी)
रदिफ : भयो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...