होम सुवेदी , भद्रपुर
केही पल बाँच्नलाई सास चाहिन्छ ,
दिन रात काट्न पनि बास चाहिन्छ ।
साथी हुन्छु भन्नेहरू निकै भेटिन्छन् ,
जिन्दगीमा तर साथी खास चाहिन्छ ।
स्वतन्त्रता खाेज्नेहरू टाढा खेदिन्छन् ,
सामन्तका लागि भने दास चाहिन्छ ।
विदेशीका सद्भावले रोग भाग्दैन ,
देखभाल गर्ने मान्छे पास चाहिन्छ ।
सन्तोषीका लागि एक मुठ्ठी काफी छ ,
हन्तकालीहरूलाई रास चाहिन्छ ।
अक्षर सङ्ख्या : १३
अनुप्रास : आस
शेष अनुप्रास : चाहिन्छ
अभ्यास : चारु साहित्य प्रतिष्ठान पाठशाला
वि.सं.२०८३ भदौ ६ शनिवार ०९:५८ मा प्रकाशित






























