back
CTIZAN AD

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

वि.सं.२०८३ साउन २४ आइतवार

18 

shares

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँर्ग २–१ ले पराजीत हुनरिेको छ।

टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो । इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए ।

“हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,” इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ।

अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२ औं मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १–० को अग्रता दिलाएका थिए । यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो।

बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७ औं मिनेटमा गोललाई बराबरी गरेका थिए । त्यसपछि उरुग्वेकास्ट्राइकर डिएगो रोस्सीले ९० औं मिनेटमा विजयी गोल गरेका थिए।

मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४–२ ले जितेका थियो। इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ ।(रासस/एएफपी) 

वि.सं.२०८३ साउन २४ आइतवार १७:२५ मा प्रकाशित

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...