back
CTIZAN AD

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

वि.सं.२०८३ साउन २४ आइतवार

102 

shares
बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड छ लाख १९ हजार ३१९ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी हो ।
कार्यालय प्रमुख लोकेन्द्रबहादुर सिंहले कार्यालयले गत आर्थिक वर्षका लागि रु ९० लाख ९५ हजार राजस्व सङ्कलनको लक्ष्य पाएकामा लक्ष्यभन्दा १६ दशमलव ७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको जानकारी दिए ।
उनका अनुसार सङ्कलित सम्पूर्ण राजस्व आयातित वस्तुमा लाग्ने भन्सार महसुल, पैठारी सेवा दस्तुर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क तथा दण्ड, जरिवाना र लिलामबाट प्राप्त भएको हो । यस भन्सार कार्यालयबाट निर्यात भने शून्य रहेको प्रमुख सिंहले जानकारी दिए ।
कार्यालयका अनुसार भन्सार महसुलबाट रु २६ लाख ६८ हजार ७८७, पैठारी सेवा दस्तुरबाट रु दुई लाख १२ हजार ५००, मूल्य अभिवृद्धिकरबाट रु २१ लाख ४२ हजार १५५, अन्तःशुल्कबाट रु एक लाख २२ हजार ७०४ तथा दण्ड, जरिवाना, धरौटी र लिलामबाट रु ५४ लाख ६१ हजार १७३ राजस्व सङ्कलन भएको हो ।
चालु आर्थिक वर्षका लागि कार्यालयले ९२ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको छ । यसअघि आर्थिक वर्ष २०८१÷८२ मा कार्यालयले रु एक करोड पाँच लाख राजस्व सङ्कलनको लक्ष्य पाएकामा रु ७७ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो । प्रमुख सिंहका अनुसार पछिल्लो समय बैतडीका अधिकांश क्षेत्रमा सडक सञ्जाल विस्तार भएसँगै झुलाघाट नाकाबाट हुने आयात घट्दै गएको छ ।

वि.सं.२०८३ साउन २४ आइतवार १७:१६ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...