back
CTIZAN AD

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

वि.सं.२०८३ साउन २४ आइतवार

99 

shares

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना गरिएको नेपाल फेस्टिभल २०२६ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, परम्परा र सामुदायिक एकताको उत्सवका रूपमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

ब्राम्पटनस्थित सपर वर्ल्ड कम्प्लेक्समा आयोजना गरिएको फेस्टिभलमा नेपालका चर्चित लोकगायक तथा संगीतकार खेम सेञ्चुरीसहित दर्जनौँ कलाकारले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। नेपाली मौलिक कला, संस्कृति र परम्परालाई क्यानडाको बहुसांस्कृतिक समाजमाझ परिचित गराउने उद्देश्यले आयोजना गरिएको फेस्टिभलमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी, परम्परागत नृत्य तथा लाखेनाच प्रस्तुत गरिएको थियो।

फेस्टिभलमा गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, मधेसीलगायत विभिन्न समुदायका सांस्कृतिक प्रस्तुतिले विशेष आकर्षण थपेको थियो। नेपाली मौलिक भेषभूषामा सजिएका सहभागी तथा सांस्कृतिक झाँकीले कार्यक्रमस्थललाई नेपालको विविध संस्कृति झल्काउने थलोका रूपमा परिणत गरेको थियो।

कार्यक्रममा नेपाली खानाका परिकार, हस्तकला, विभिन्न व्यवसाय तथा सामाजिक संस्थाका ३० भन्दा बढी स्टल राखिएका थिए। ती स्टलमार्फत नेपाली उत्पादन, व्यवसाय, परिकार तथा सामाजिक गतिविधिबारे क्यानडामा रहेका नेपाली तथा स्थानीय समुदायलाई जानकारी गराइएको थियो।

आयोजक संस्थाका उपाध्यक्ष तथा मूल समितिका सदस्य श्याम अर्यालका अनुसार फेस्टिभलमा १० हजारभन्दा बढी दर्शक तथा सहभागीको उपस्थिति रहेको थियो। नेपाली समुदायका विभिन्न संघसंस्था, सामाजिक अभियन्ता, व्यवसायी, कलाकार तथा सर्वसाधारणको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको आयोजकले जनाएको छ।

कार्यक्रममा क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको उपस्थिति रहेको थियो। त्यस्तै क्यानडाका नागरिक तथा बहुसांस्कृतिक मामिला मन्त्री ग्राहम म्याकग्रेगर, संघीय सांसदहरू सोनिया सिद्धु र अमनदीप, एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटालगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।

फेस्टिभलमा क्यानडाका विभिन्न तहका जनप्रतिनिधि, नेपाली समुदायका अगुवा, एनआरएनए क्यानडाका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। एनआरएनए क्यानडाले प्रिमियर कम्युनिटी पार्टनरका रूपमा फेस्टिभलमा सहकार्य गरेको थियो।

फेस्टिभलमार्फत नेपाली कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा नेपाली उत्पादनको संरक्षण र प्रवर्द्धनसँगै नेपालको पर्यटन र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ पुर्‍याउने प्रयास गरिएको आयोजकले जनाएको छ।

वि.सं.२०८३ साउन २४ आइतवार २०:२९ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...