back
CTIZAN AD

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

वि.सं.२०८३ भदौ १६ मंगलवार

18 

shares

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज अमेरिका गठन गरिएको छ।

रोजगार, व्यवसायलगायत विभिन्न सिलसिलामा अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका धौलागिरीवासीको भेलाले धौलागिरी गाउँपालिका–२, खोरियाका नवराज फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

समितिको वरिष्ठ उपाध्यक्षमा ध्रुव केसी (मराङ), उपाध्यक्षमा नगेन्द्र पुन (धारापानी), महिला उपाध्यक्षमा हरिमाया पुन (खिवाङ) चयन भएका छन्। महासचिवमा बिरु घर्ती (कल्लेनी), सचिवमा होम बुढा (लम्सुङ), कोषाध्यक्षमा आनन्द रोका (मुदी) र सहकोषाध्यक्षमा नरदेवी पुर्जा (खिवाङ) रहेका छन्।

त्यस्तै समितिका सदस्यहरूमा प्रेम थापा (ताकम), राम भण्डारी (फलियाँगाउँ), बुद्धि गर्बुजा (खोरिया), मिश्रवर घर्ती (खिवाङ), यामकुमारी पुर्जा (खिवाङ), बुद्धि पाइजा (लम्सुङ), जुंगे विक (लुलाङ), मिसरा पुन (मराङ), मोमप्रसाद पुर्जा (खोरिया) र मन पुन (मराङ) रहेका छन्।

समितिको सल्लाहकारमा तारा गौचन (लम्सुङ), चिनकुमार जुग्जाली (मराङ) र रमेश सिर्पाली (मराङ) चयन भएका छन्।  समितिको गठनबारे म्याग्दी प्रवासी नेपाली संघ (मोना) अमेरिका अध्यक्ष तथा सल्लाहकार तारा गौचनले जानकारी दिएका हुन्।

नवनिर्वाचित अध्यक्ष फगामीले जन्मभूमि धौलागिरी गाउँपालिकाबाट अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीलाई एकताबद्ध गर्दै सामाजिक, मानवीय तथा समुदाय हितका विभिन्न गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले प्रवासमा रहेका धौलागिरीवासीबीच आपसी सहयोग, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउँदै जन्मभूमिसँगको सम्बन्धलाई समेत निरन्तरता दिने बताएका छन्।

वि.सं.२०८३ भदौ १६ मंगलवार १४:०५ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा...