back
CTIZAN AD

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८३ भदौ १६ मंगलवार

shares

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको १८ औँ वार्षिक साधारणसभा यही ३० अगस्ट २०२६ मा सफलतापूर्वक सम्पन्न भएको छ।

महासचिव पशुपतिप्रसाद भण्डारीको सञ्चालन तथा अध्यक्ष श्रद्धा सिंह थापाको अध्यक्षतामा सम्पन्न साधारणसभाको प्रारम्भमा उपाध्यक्ष देवभक्त श्रेष्ठले छोटो मन्तव्यसहित सहभागी सबैलाई स्वागत गरेका थिए।

उद्घाटन सत्रमा नेपालमा हालै आएको प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि कुमार पण्डितले राष्ट्रिय गान बजाएर साधारणसभाको औपचारिक उद्घाटन गरेका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक तथा विशेष अतिथि सञ्जीवकुमार थापा, आईसीसी सदस्य ईश्वरीप्रसाद खनाललगायत नर्वेमा सक्रिय विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रम निर्धारित समयअनुसार दिउँसो १२ः३० बजे सुरु भएको थियो ।

साधारणसभाको पहिलोसत्रमा नर्वेमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा जेएसएस, प्रवासी एकता फोरम, नेपाली जनप्रगतिशील मञ्च, रागोस, नेपाली समाज नर्वे, हेल्पिङ ह्यान्ड फर नेपाल, प्रवासी नेपाली सम्पर्क विभाग, नेपोस, एनआरएनएका निवर्तमान युरोप उपसंयोजक, निवर्तमान आईसीसी सदस्य तथा एनआरएनए नर्वेका सल्लाहकारहरू रहेका थिए ।

त्यसैगरी, अनलाइनमार्फत सहभागी प्रा. डा. विशाल सिटौलाले पनि साधारणसभाको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले नेपालमा हालै आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई राहत तथा सहयोग पु¥याउन प्रवासी नेपाली समुदायको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।

त्यसपछि सुरु भएको दोस्रो अर्थात् बन्दसत्रमा महासचिव पशुपतिप्रसाद भण्डारीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सागर घिसिङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि आवश्यक छलफल तथा सुझावपछि दुवै प्रतिवेदन सभाबाट पारित भएका थिए ।

साधारणसभामा संस्थाको विधान संशोधनका विषयमा समेत गहन छलफल भएको थियो । विधान संशोधनका केही विषयमा आईसीसीसँग थप परामर्श तथा छलफल आवश्यक देखिएपछि सबै पञ्जीकृत सदस्यलाई समेटेर निर्णय गर्ने सहमति भएको छ। सोहीअनुसार आगामी अक्टोबर ११ तारिखमा विधान संशोधनमा केन्द्रित विशेष छलफल कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।

सभाको समापन गर्दै अध्यक्ष थापाद्धारा साधारणसभामा उपस्थित सम्पूर्ण प्रतिनिधि तथा सदस्यहरूलाई आफ्नो अमूल्य समय दिएर सहभागी भएकोमा धन्यवाद व्यक्त गरिएको थियो ।

थपाले एनआरएनए सम्पूर्ण गैरआवासीय नेपालीहरूको साझा संस्था भएको उल्लेख गर्दै संस्थालाई सही दिशामा अघि बढाउने तथा अझ सुदृढ र प्रभावकारी बनाउने जिम्मेवारी सबै सदस्यको रहेको बताइन् । उनले संस्थालाई साझा भावना र सहभागिताका आधा
रमा अझ विकसित गर्नुपर्नेमा जोड समेत दिएकी थिइन् ।
“संस्था सही दिशामा अघि बढिरहेको छ कि छैन भन्ने कुरा नेतृत्वले मात्र होइन, प्रत्येक सदस्यको सुझाव र प्रतिक्रियाबाट पनि निर्धारण हुन्छ,” अध्यक्ष थापाले भनिन् ।

थापाले संस्थाको गरिमा, विश्वसनीयता र एकतालाई संरक्षण गर्दै रचनात्मक सुझाव तथा आलोचनालाई सकारात्मक रूपमा आत्मसात् गरी आगामी दिनमा एनआरएनए नर्वेलाई अझ प्रभावकारी, पारदर्शी र सबैको साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त समेत गरिन् ।

वि.सं.२०८३ भदौ १६ मंगलवार ०८:५९ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...