back
CTIZAN AD

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

वि.सं.२०८३ भदौ १५ सोमवार

12 

shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई आपत्कालीन सहयोग उपलब्ध गराएको जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सामाजिक सञ्जालमार्फत चीनले नेपाललाई उपलब्ध गराएको सहयोगबारे जानकारी दिएका हुन्।

चीनका अनुसार नेपाललाई हालसम्म ५० टन राहत सामग्री, चिनियाँ सरकारबाट २० लाख अमेरिकी डलर नगद सहायता, चाइना रेडक्रस सोसाइटीबाट २ लाख अमेरिकी डलर सहायता, चिनियाँ सुरुङ उद्धार विशेषज्ञका दुई टोली सहित विपद् प्रभावित क्षेत्रका तस्बिर तथा भू-उपग्रह र जलविज्ञानसम्बन्धी तथ्यांक उपलब्ध गराइएको बताएको छ ।

चीनले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजीका लागि आफ्नोतर्फबाट सक्दो प्रयास भइरहेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओका अनुसार बेपत्ता व्यक्तिको संख्या र पहिचान यकिन गर्न चीनमा रहेका विदेशी दूतावासहरूसँग पनि नजिकबाट समन्वय भइरहेको छ। बेपत्ता व्यक्तिको पहिचान तथा त्यसपछि गर्नुपर्ने आवश्यक प्रक्रियालाई उचित ढंगले अघि बढाइने चीनले जनाएको छ।

वि.सं.२०८३ भदौ १५ सोमवार २०:५५ मा प्रकाशित

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...