back
CTIZAN AD

अफ्रिकाका नेपालीले मातृभूमिको पीडामा सहयोग गर्न एक करोडभन्दा बढी राहत जुटाउँदै

वि.सं.२०८३ भदौ १५ सोमवार

shares

लागोस, नाइजेरिया । नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन् ।

अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ। एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ ।

यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डा लगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन् । ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको बताइएको छ ।

यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय नेपालीहरूबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ । उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिनेछ।

नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएका छन्। यसपटक पनि अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको सक्रियताले विपद्मा मातृभूमिप्रतिको उनीहरूको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा देखाएको छ ।

वि.सं.२०८३ भदौ १५ सोमवार ०६:३७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...