back
CTIZAN AD

नाइमाद्वारा ५० लाख सहयोग

वि.सं.२०८३ भदौ १४ आइतवार

12 

shares
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रु ५० लाख सहयोग गर्नेभएको छ ।
नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले आज एक विज्ञप्ति जारी गरी रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु ५० लाख  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।
नाइमाले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । विपद्को सुरुवाती समयदेखि नाइमामा आबद्ध सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक माध्यमबाट उद्धार कार्यमा सहयोग पुर्याउँदै आएका आज जारी विज्ञप्तीमा जनाइएको छ ।
“हाम्रो स्थापना कालदेखि हामीले विपद्को समयमा सरकारलाई सहयोग गर्दै आएका छौँ, यसपटक पनि हाम्रा सदस्य कम्पनीले देखाउनुभएको तत्परता प्रशंसनीय छ । सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले मात्र राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ”, अध्यक्ष वैद्यले भने ।
नाइमाले उद्धार कार्यमा खटिएका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र स्थानीय समुदायको उच्च सम्मान गर्दै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकार भएका निकायलाई आफ्नो क्षमताअनुसार सहयोगमा हातेमालो गर्नसमेत अपिल गरेको छ ।

वि.सं.२०८३ भदौ १४ आइतवार २०:१९ मा प्रकाशित

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...