back
CTIZAN AD

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

वि.सं.२०८३ भदौ १४ आइतवार

shares

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ । सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो ।
हेराल्डका एकेडेमिक हेड विराज दुलालले ६ खेलाडी र १ प्रशिक्षक गरी ७ जनालाई किट्स हस्तान्तरण गरे ।

असोज ३ देखि १८ गतेसम्म जापानको आइची/नागोयामा हुने २० औं एसियाडमा समान ३–३ पुरुष/महिला खेलाडीको नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र गनन्जय दाहाल तथा महिलामा नविता श्रेष्ठ, इभाना थापा र योङगी पौडेल सहभागी हुँदै छन् । संयोग र योङगी वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।

नौपटककी राष्ट्रिय च्याम्पियन नविताको यो लगातार पाँचौं एसियाड हुनेछ । संयोग, रुविन र इभाना दोश्रोपटक एसियाडमा सहभागी हुँदै छन् । योङगी र गनन्जयको ‘डेब्यु’ एसियाड हो । प्रशिक्षकमा मोहनदास बासुकला छन् ।

वि.सं.२०८३ भदौ १४ आइतवार १७:३८ मा प्रकाशित

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...