back
CTIZAN AD

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

वि.सं.२०८३ भदौ १४ आइतवार

24 

shares

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो ।

नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो । त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उनले बताए ।

त्रिशूली नदीमा शनिबारभन्दा तीन मिटर पानीको सतह बढेको छ । पानीको सतह घटेपछि जगबाटै पर्खाल लगाएर माथिसम्म सडक ल्याउने वा कसरी मर्मत गर्ने भन्ने बारेमा विज्ञ टोली आएपछि मात्र भन्न सकिने उनी बताउँछन् ।

सो ठाउँमा भित्तो काटेर सडक चौडा गर्न कठिन भएको उहाँको भनाइ छ । सो ठाउँमा २० मिटर लम्बाइको सडक आधाभन्दा बढी भासिएको छ । ६० मिटर अग्लो सडक भासिएको हो । सडकको कुनाबाटै चिरिएकाले मर्मत कठिन भएको हो । अहिले तत्कालै तल गएर हेर्न सक्ने अवस्था नभएकाले कति भाग तलबाट खोलिएको छ भन्न नसकिएको पाण्डे बताउँछन् ।

सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार सडक भासिएको ठाउँको अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली कृष्णभिरतर्फ गइसकेको छ । टोलीले हेरेपछि साँझ सम्ममा कसरी मर्मत गर्ने भन्ने बारेमा एकिन भन्न सकिने उनको भनाइ छ । तत्कालका लागि वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प नरहेको उनले जानकारी दिए ।

अन्य वैकल्पिक सडक सञ्चालनमा रहेकाले सोही सडक प्रयोग गर्न उनकोे आग्रह छ । विज्ञ टोलीको अध्ययनपछि एकतर्फि वा दुईतर्फि सडक कसरी खोल्न सकिन्छ त्यसबारेमा भन्न सकिने उनको भनाइ छ । यो सडक राजधानी प्रवेश र बाहिरिने मुख्य सडक हो ।

यो सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन आवतजावत गर्दछन् । यसअघि विसं २०५६ मा सो सडकमा पहिरो खसेर धेरै दुःख दिएको थियो । तत्कालीन अवस्थामा तलबाटै उकासेर सडक मर्मत गरिएको थियो । भित्तो पट्टी पहिरो रोकथामका काम गरेर रोकिएको थियो । गतवर्ष सोही ठाउँमा सडक केही भासिएपछि मर्मत भइरहेको थियो । मर्मतकै क्रममा पुनःफेर्दैसम्म सडक भासिएको र चिरिएको हो ।

वि.सं.२०८३ भदौ १४ आइतवार १५:४३ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...