back
CTIZAN AD

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

वि.सं.२०८३ भदौ १४ आइतवार

shares
हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने तथा आउने सवारीसाधनको चाप बढेको छ । सवारी चाप व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले मालवाहक सवारीसाधनलाई कान्ति लोकपथ तथा १४ सिटभन्दा ठूला यात्रुवाहक सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आवतजावत गर्न आग्रह गरेको छ ।
कार्यालयका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले १४ सिटसम्मका साना यात्रुवाहक सवारीसाधनलाई भीमफेदी(देउराली हुँदै आवतजावत गर्न आग्रह गरिएको बताए । प्रशासनले अत्यावश्यक कामबाहेक काठमाडौँको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा बाहेक निजी सवारीसाधन नलैजान, जथाभावी ‘ओभरटेक’ नगर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्नसमेत अनुरोध गरेको छ ।

वि.सं.२०८३ भदौ १४ आइतवार २०:०१ मा प्रकाशित

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

काठमाडौं । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा...

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक विपद् प्रभावितका लागि ३ करोड ३९ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा बाढी तथा...

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

भोटेकोशी बाढीः हालसम्म एक हजार ३२१ सम्पर्कविहीन

नुवाकोट । भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट...

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...