काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो क्षतिपछि प्रभावित परिवारलाई मद्दत पु¥याउन नेपाल बीमा प्राधिकरण अघि सरेको छ । उद्धार, राहत र पुनर्निमार्णको काममा अलि सजिलो होस् भनेर प्राधिकरणले प्रधानमन्त्री विपद् कोषमा १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको हो।
प्राधिकरणको टोलीले हिजो अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेरै १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। यो अप्ठ्यारो समयमा विपद्मा परेका नागरिकसम्म छिटोभन्दा छिटो सहयोग पुगोस् भन्ने उद्देश्यले यो रकम पठाइएको प्राधिकरणले जनाएको छ।
अहिले संकटको यो घडीमा बीमा क्षेत्रबाट विपद् कोषमा सहयोग जुटाउने क्रम निरन्तर चलिरहेको छ। नेपाल बीमा प्राधिकरणसँगै नेशनल लाइफ, नेपाल लाइफ, एशियन लाइफ, मेट लाइफ र प्रभु महालक्ष्मी लाइफ जस्ता कम्पनीहरूले पनि यसअघि नै कोषमा रकम जम्मा गरिसकेका छन्।
वि.सं.२०८३ भदौ १६ मंगलवार १२:५४ मा प्रकाशित






























