back
CTIZAN AD

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

वि.सं.२०८३ भदौ १६ मंगलवार

18 

shares

 

काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन लगायत देशका विभिन्न सहरमा आएको फ्ल्यास फ्लडका कारण नेपाल हालै कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन र कतिपयले आफ्ना प्रियजनसमेत गुमाएका छन्। यस्तो दुःख र कठिनाइको समयमा MAW Group ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १,११,००,००० (एक करोड एघार लाख रुपैयाँ) योगदान गरेको छ। यसमार्फत देश पुनःस्थापना र पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहँदा MAW Group ले नेपाली जनतासँग आफ्नो ऐक्यबद्धता जनाएको छ।

फ्ल्यास फ्लडबाट भएको क्षतिको प्रभाव देशभरका विभिन्न समुदायमा परेको छ र पुनःस्थापनाको यात्रा सहज हुने छैन। प्रभावित परिवारलाई तत्काल सहयोग र राहत पुर्‍याउने उद्देश्यले स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत यस योगदानले आफ्नो जीवन पुनःनिर्माण गरिरहेका परिवारलाई केही राहत र सहयोग पुग्ने MAW Group ले विश्वास लिएको छ।

यस योगदानबारे बोल्दै MAW Group का अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भन्नुभयो, “यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ।” उहाँले थप्नुभयो, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन। तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने MAW Group को आशा छ।”

नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा MAW Group ले प्रभावित नागरिकको साथमा उभिएर आफ्नो तर्फबाट सहयोग गर्दै आएको छ। यसपटकको योगदान पनि त्यही भावनाको निरन्तरता हो, राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली जनताको साथमा उभिने निरन्तर प्रयास।

कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबैप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।

MAW Group ले राष्ट्रलाई आवश्यक परेको वर्तमान समय र आगामी दिनहरूमा पनि नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, देशभर राहत तथा उद्धार कार्यमा अथक रूपमा खटिरहेका सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।

 

वि.सं.२०८३ भदौ १६ मंगलवार ११:५६ मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...