back
CTIZAN AD

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

वि.सं.२०८३ भदौ १६ मंगलवार

18 

shares

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न विद्युत् आयोजनाका टनेलभित्र रहेका पावर हाउसका कन्ट्रोल रुममा कर्मचारीहरू फसेको हुनसक्ने भन्दै तत्काल उद्धारको प्रयास गर्न आग्रह गरेका छन्।

विभिन्न विद्युत् गृहका पहुँच टनेलमा उद्धार टोलीले खोजी गर्दा मानिस फेला नपरेपछि सेना उद्धारबाट फर्किएको समाचार सार्वजनिक भइरहेका बेला घिसिङले पावर हाउसको कन्ट्रोल रुममा समेत खोजी गर्नुपर्ने बताएका हुन्।

घिसिङले सामाजिक सञ्जालमार्फत भदौ १४ गते आफू टिमुरे, रसुवागढी र चिलिमे टनेलको रेकी गरेर फर्किएपछि धुन्चेमा सुरक्षा निकायसँग छलफल गरेको जानकारी दिएका छन्।

उनका अनुसार, सो छलफलपछि भदौ १५ गते नेपाली सेनाको टोलीले रसुवागढीस्थित पावर हाउस जाने पहुँच टनेलमा करिब २५० मिटरभित्रसम्म प्रवेश गरी खोजी गरेको थियो। तर, टनेलभित्र मानिस फेला नपरेको समाचार आएको उनले उल्लेख गरेका छन्।

“कर्मचारीहरू टनेलभित्रको पावर हाउसको कन्ट्रोल रुममा रहने हुँदा अब पावर हाउसमा छिर्ने उपाय गरी त्यहाँ थुनिएर रहेका कर्मचारीहरूको तत्काल उद्धार गरिनुपर्दछ,” घिसिङले भनेका छन्।

उनले उद्धारका क्रममा पहुँच टनेलमा मात्र सीमित नभई पावर हाउस र कन्ट्रोल रुमसम्म पुग्ने वैकल्पिक उपाय खोज्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

वि.सं.२०८३ भदौ १६ मंगलवार ११:२० मा प्रकाशित

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...