काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज र प्रभावकारी रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल nepal.gov.np सञ्चालनमा ल्याएको छ।
पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना तथा विज्ञप्ति, कार्यक्रम, नीति र सेवासम्बन्धी महत्वपूर्ण जानकारी एकै स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ।
त्यसैगरी, पोर्टलमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी सूचना, समाचार तथा महत्वपूर्ण अपडेटहरू समेत सहज रूपमा उपलब्ध हुने बताइएको छ।
वि.सं.२०८३ भदौ १६ मंगलवार १८:३८ मा प्रकाशित






























