back
CTIZAN AD

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

वि.सं.२०८३ भदौ १६ मंगलवार

shares

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि सरकारले तत्काल अस्थायी संरचना निर्माण गर्ने भएको छ। साथै, पहिरोको दीर्घकालीन समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइल तथा बाइपास सडक निर्माणलगायतका विकल्पको अध्ययन अघि बढाइने भएको छ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले विपद्को तत्काल सामना गर्दै प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न प्राथमिकताका साथ काम अघि बढाउने निर्णय गरेको हो।

बैठकले कृष्णभीरको हिलसाइडमा रहेको ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, ट्र्याक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ राख्ने तथा हिलसाइडबाट बोल्डर तल खसाल्ने कामसमेत गरिने भएको छ।

कृष्णभीरको दीर्घकालीन समाधानका लागि सडक विभागले टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका प्राविधिक विकल्पबारे आवश्यक अध्ययन गर्ने भएको छ।

त्यसैगरी, कृष्णभीरको वैकल्पिक मार्गका रूपमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावनाको तत्काल अध्ययन गरिने भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने लक्ष्यसमेत राखिएको छ।

विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ। आवश्यकताअनुसार सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीबीच समझदारीपत्र ९एमओयू० समेत गरिने मन्त्रालयले जनाएको छ।

सरकारले कृष्णभीरमा तत्काल सडक सञ्चालनका लागि अस्थायी संरचना निर्माणसँगै पहिरोको जोखिमलाई दीर्घकालीन रूपमा सम्बोधन गर्न स्थायी पूर्वाधार निर्माणका विकल्प अघि बढाएको हो।

वि.सं.२०८३ भदौ १६ मंगलवार २०:५६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...