शिवलाल आचार्य
सह-अध्यक्ष, पर्वत मिलन समाज, पोखरा
९८५६०४९३४२
होटल ताजमहल, नागढुंगा
९८५६०६६६६०
अस्पतालतर्फको सम्पर्कका लागि कपिल पोखरेल, प्रबन्ध निर्देशक, चरक मेमोरियल अस्पताल प्रा.लि.सँग ९८५६०२८१७३ मा सम्पर्क गर्न सकिनेछ।
वि.सं.२०८३ साउन २४ आइतवार
180
shares
पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल प्रा.लि., पोखरा–८, नागढुंगाबीच स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार पर्वत मिलन समाजका सदस्य, कर्मचारी तथा आबद्ध व्यक्तिहरूले अस्पतालबाट विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
सम्झौताअनुसार अस्पतालका बेड, ल्याब, रेडियोलोजी तथा ओटी लगायतका अस्पताल सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै अस्पतालको फार्मेसी सेवामा ५ प्रतिशत छुट दिइनेछ। यद्यपि चिकित्सकको परामर्श शुल्क तथा उपभोग्य सामग्रीमा यो छुट लागू नहुने पनि सम्झौतामा उल्लेख छ।
छुट सुविधा लिनका लागि पर्वत मिलन समाजका सदस्य तथा लाभग्राहीले समाजको वैध सदस्यता कार्ड वा समाजबाट जारी गरिएको सिफारिसररेफरल पत्र र आफ्नो वैध परिचयपत्र साथमा लिएर अस्पताल जानुपर्नेछ।
१२ महिनासम्म लागू हुने उक्त सम्झौता दुवै पक्षको आपसी सहमतिमा सम्झौताका प्रावधान संशोधन गर्न सकिने तथा कुनै पनि पक्षले ३० दिनको लिखित सूचना दिएर अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ।
पर्वत जिल्लाबाट पोखरा आई बसोबास गर्ने तथा पर्वत मिलन समाजसँग आबद्ध सम्पूर्ण महानुभावलाई यो सुविधा उपयोग गर्न समाजले आग्रह गरिएकाे छ। उपचारका लागि चरक मेमोरियल अस्पताल जाँदा पर्वत मिलन समाजको पत्र लिएर जानुपर्ने समाजले जनाएको छ।
अस्पतालतर्फको सम्पर्कका लागि कपिल पोखरेल, प्रबन्ध निर्देशक, चरक मेमोरियल अस्पताल प्रा.लि.सँग ९८५६०२८१७३ मा सम्पर्क गर्न सकिनेछ।
वि.सं.२०८३ साउन २४ आइतवार २०:४३ मा प्रकाशित

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...