back
CTIZAN AD

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

वि.सं.२०८३ साउन २४ आइतवार

108 

shares

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई सर्वसम्मत रूपमा निर्वाचित भएकी छन्। आइतबार सम्पन्न मञ्चको प्रथम अधिवेशनबाट टेक्सास निवासी भट्टराई अध्यक्षमा चयन भएकी हुन्।

अधिवेशनले उपाध्यक्षमा एकनारायण सुवेदी, सचिवमा पूर्ण खड्का र उपसचिवमा केदार पहाडीलाई चयन गरेको छ।

त्यसैगरी कमिटी सदस्यहरूमा क्षत्रकुमारी गुरुङ, कृष्ण भण्डारी, रेशम घर्ती, डम्बर थापा सिंजाली मगर, राज थापा, सुजित खड्का र भानु सापकोटा चयन भएका छन्।

नेकपा (एमाले)का नेता काशीनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा एमाले केन्द्रीय सदस्य तथा ओएनएफका निवर्तमान अध्यक्ष सञ्जय थापा, प्रवासी नेपाली मञ्चका उपसचिव प्रभुराम थापा, सचिवालय सदस्य कुन्ती थापालगायतका नेताहरूले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा वक्ताहरूले बदलिँदो राजनीतिक तथा सामाजिक परिस्थितिमा प्रवासी नेपाली मञ्चको भूमिका, प्रवासमा रहेका नेपालीलाई संगठित गर्ने विषय तथा नेपालको समृद्धि र विकासमा प्रवासी नेपालीको योगदानका विषयमा धारणा राखेका थिए।

वि.सं.२०८३ साउन २४ आइतवार २०:५६ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...