back
CTIZAN AD

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

वि.सं.२०८३ साउन २४ आइतवार

84 

shares

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन्। हालै सम्पन्न अधिवेशनले मोरङका खानको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

अधिवेशनबाट उपाध्यक्षमा शेषराज तिमिल्सिना (पर्वत), सचिवमा रघुनाथ शर्मा (पर्वत) र उपसचिवमा निराजन गौतम (बागलुङ) सर्वसम्मत चयन भएका छन्।

त्यस्तै कार्यसमिति सदस्यमा सुदर्शन भण्डारी (नुवाकोट), निरन नेपाल (सुनसरी), गोपाल खतिवडा सुनसरी), प्रेमकुमार बस्नेत (सुनसरी, सुदीप भित्रीकोटी मोरङ), डोलेन्द्र बि.क. (झापा),तैकिर आलम (महोत्तरी), मो. असलम साफी (धनुषा), श्यामप्रसाद पाण्डे (पर्वत), लोकेन्द्र सिग्देल (स्याङ्जा), भेष गुरुङ (कास्की), संजोक गौतम (स्याङ्जा), आनन्द जिसी (पर्वत) र समुन्द्र खड्का (प्युठान) रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अतिथीहरूले कतारमा रहेका नेपाली श्रमिकका समस्या समाधान गर्न, समस्यामा परेका नेपालीको पक्षमा आवाज उठाउन तथा प्रवासी नेपालीबीच एकता र सहकार्यलाई थप मजबुत बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

निर्वाचित अध्यक्ष खानले कतारमा रहेका नेपाली श्रमिक, पीडित तथा विभिन्न समस्यामा परेका नेपालीलाई समान दृष्टिले हेर्दै उनीहरूको हकहित र समस्याका पक्षमा प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रवासमा रहेका नेपालीका समस्या पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गर्दै समाधानका लागि पहल गर्ने बताएका छन्।

 

 

वि.सं.२०८३ साउन २४ आइतवार २१:१७ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...