back
CTIZAN AD

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

वि.सं.२०८३ भदौ ५ शुक्रवार

shares

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रका दुई वटा सहरमा १५९ जनाको मृत्यु हुनुका साथै १० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शुक्रबार घोषणा गरेका छन् ।

प्रभावित सहरहरूमा आयोजित प्रकोपपछिको उद्धार तथा निर्माण कार्यक्रमको तथ्याङ्कअनुसार चक्रवात मेसाकले निम्त्याएको भारी वर्षाले गर्दा आएको बाढीले क्षेत्रीय राजधानी नान्निङ र गुइगाङ्गमा १६ लाख ५० हजारभन्दा बढी मानिसहरू प्रभावित भएका छन् ।

यी दुई सहरले विपत्ति पछिको पुनःप्राप्ति र पुनर्निर्माणका साथै विपद् रोकथाम, न्यूनीकरण र राहत क्षमता बढाउनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको जनाएका छन् ।

जुलाईको सुरुमा ऐतिहासिक रूपमा लामो समयसम्म भएको भारी वर्षाले गुआङ्सीलाई सताएको थियो भने मेसाक चक्रवातले यस क्षेत्रलाई बगाएर गम्भीर बाढी निम्त्यायो ।(रासस/सिन्ह्वा)

वि.सं.२०८३ भदौ ५ शुक्रवार १२:२३ मा प्रकाशित

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

काठमाडौँ । निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः००...

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँः मन्त्री पोखरेल

सुदूरपश्चिम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र...

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...