back
CTIZAN AD

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

वि.सं.२०८३ साउन ११ सोमवार

798 

shares

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको आयोजनामा सम्पन्न सातौँ संस्करणको मैत्रीपूर्ण ओएनएफ  टि–१० क्रिकेट रनिङ शिल्ड प्रतियोगिता–२०२६ सफलतापूर्वक सम्पन्न भएको छ ।

जुलाई २५ र २६ मा ओस्लोस्थित क्रिंग्सजो खेल मैदानमा आयोजित दुईदिने प्रतियोगितामा आयोजक ओएनएफसहित नेपाली जनसम्पर्क समिति, नेपाली पोर्चुगिज समाज, हिमालयन भाइकिङ, एनआरएन, प्रवासी नेपाली सम्पर्क विभाग र रागोस गरी सात टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको फाइनलमा हिमालयन भाइकिङ नर्वे र रागोस नर्वे बीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो । १० ओभरको फाइनल खेलमा रागोस नर्वेले निर्धारित १० ओभरमा २६ रन बनाएको थियो । जवाफी ब्याटिङमा हिमालयन भाइकिङले १ विकेटको क्षतिमा आवश्यक २७ रन पूरा गर्दै उपाधि आफ्नो नाममा लेखायो । रागोस नर्वे उपविजेतामा सीमित रह्यो ।

व्यक्तिगत पुरस्कारतर्फ अमन अन्सारी प्रतियोगिताको ‘म्यान अफ द सिरिज’ घोषित भए भने विक्रम केसी ‘बेस्ट अफ द टुर्नामेन्ट’ तथा ‘बेस्ट बलर अफ द टुर्नामेन्ट’ घोषित भए।

प्रतियोगितासँगै महिला तथा बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले विभिन्न मनोरञ्जनात्मक प्रतियोगिताहरू पनि आयोजना गरिएको थियो । महिला घैँटो फुटाउने प्रतियोगितामा लक्ष्मी पौडेल विजेता तथा रेनुका भण्डारी उपविजेता बन्न सफल भए । विजयी सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

खेल सम्पन्न भएपछि आयोजित पुरस्कार वितरण कार्यक्रममा एनआरएनए नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापा, उपाध्यक्ष देब श्रेष्ठ, महासचिव पशुपति प्रसाद भण्डारी, आई सी सी सदस्य ईश्वरी प्रसाद खनाल, नेपाली जनसम्पर्क समिति, नेपाली पोर्चुगिज समाज (नेपोस ), प्रवासी नेपाली सम्पर्क विभाग, रागोस (हिमालयन भाइकिङ तथा अन्य सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार, ट्रफी, रनिङ शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिताको उद्घाटन विभिन्न नेपाली संघ–संस्थाका अग्रज तथा अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए भने कार्यक्रमको सञ्चालन संयोजक युबराज भण्डारीले गरेका थिए ।

ओएनएफ नर्वेका अध्यक्ष प्रकाश पौडेलले कार्यक्रम सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, प्रायोजक, स्वयंसेवक तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरेका थिए । साथै संयोजक युबराज भण्डारीले पनि सहभागी खेलाडी, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गरे । पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि थापाले नेपाली समुदायबीचको एकता, सद्भाव र भाइचाराको सम्बन्ध अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

आयोजक ओएनएफद्धारा सहभागीहरूका लागि नेपाली परिकारसहित निःशुल्क भोजनको व्यवस्था गरेको थियो । प्रतिकूल मौसमका बाबजुद ५०० भन्दा बढी नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम बिहान १० बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन भई भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगिताको मुख्य उद्देश्य स्वास्थ्य र मनोरञ्जनको साथै नर्वेमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा तथा सामाजिक एकतालाई अझ सुदृढ बनाउने रहेको जनाएको छ ।

वि.सं.२०८३ साउन ११ सोमवार १५:०४ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...