काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई थप सहज सुविधा दिने उद्देश्यले ‘सानिमा सजिलो ई–बैंकिङ’ मार्फत नै सिधै डेटा प्याक खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
मोबाइलमा डेटा सकिएर समस्यामा परेका ग्राहकहरूले अब जुनसुकै समयमा एप खोलेर आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सहजै खरिद गरी निरन्तर इन्टरनेटको पहुँचमा रहन सक्ने बैंकले जनाएकोे हो ।
यस एपमार्फत ग्राहकहरूले विभिन्न समयसीमा र क्षमताका डेटा प्याकहरू छनोट गर्न सक्नेछन् । जसअन्तर्गत ३० दिनका लागि रु. ९१७.०७ मा ५५ जीबी र रु. ४०७.०२ मा २० जीबी डेटा प्याक उपलब्ध छ । त्यसैगरी, ७ दिनका लागि रु. १५० मा ७ जीबी (दोहो¥याएर खरिद गर्दा थप ७ जीबी प्राप्त हुने) डबल मज्जा प्याक पनि खरिद गर्न सकिनेछ। साथै, रु. ९० मा ३० दिनका लागि ५०० एमबी डेटाका साथै हस्पिटल भर्ना हुँदा रु. ३०,००० सम्मको स्वास्थ्य बीमा सुविधा (१ ओपीडी प्रक्रियासहित) पाइने ‘डेटासँगै बीमा प्लस’ प्याक पनि एपमा उपलब्ध गराइएको छ ।
वि.सं.२०८३ साउन ११ सोमवार १४:४३ मा प्रकाशित





























