back
CTIZAN AD

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

वि.सं.२०८३ साउन ११ सोमवार

174 

shares

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि जारी गरिएको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी, तोडफोड र सडक अवरोध गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेनालाई बख्तरबन्द गाडीसहित परिचालन गरिएको छ।

आइतबार राति भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि क्षेत्रको सुरक्षा अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको थियो।

तर, कर्फ्युका बाबजुद सोमबार बिहान ठूलो सङ्ख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए। उनीहरूले टायर बाल्दै प्रदर्शन गर्नुका साथै कप्तानगञ्ज क्षेत्रमा पाँचवटा पसलमा तोडफोड तथा आगजनी गरेका छन्। प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गसमेत अवरुद्ध भएको छ।

बढ्दो भीड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयास पर्याप्त नभएपछि नेपाली सेनालाई बख्तरबन्द गाडीसहित परिचालन गरिएको हो। हाल सुरक्षा उपस्थिति थप सुदृढ पार्दै अवस्था नियन्त्रणमा लिने प्रयास भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।

यस घटनापछि कप्तानगञ्ज र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ भने स्थानीय प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न तथा शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...