back
CTIZAN AD

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

वि.सं.२०८३ भदौ ५ शुक्रवार

15 

shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व विवादलाई लिएर व्यक्ति परिवर्तनभन्दा पार्टीको समग्र पुनर्संरचना र संगठन सुदृढीकरण आवश्यक रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बस्नेतले नेतृत्व परिवर्तन मात्रै पार्टी पुनर्गठनको आधार हुन नसक्ने टिप्पणी गरेका छन्।

उनले भनेका छन्, ‘आवश्यकता व्यक्ति परिवर्तन होइन, पार्टीको समग्र पुनर्संरचना र सुदृढीकरण हो। सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन। पार्टीको नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार आवश्यक छ।’

बस्नेतले भीम रावल, घनश्याम भुसाल र माधवकुमार नेपालको राजनीतिक यात्रालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेतृत्वको विरोध मात्र गर्दैमा राजनीति बलियो नहुने दाबी गरेका छन्। पार्टीबाट बाहिरिएपछि उनीहरूको राजनीतिक प्रभाव कमजोर भएको उनको टिप्पणी छ।

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित भएको उल्लेख गर्दै अहिले नै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु उचित नभएको बताएका छन्।

उनले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ, कसैले टीका लगाएर बनाएको होइन।’

महाधिवेशनमा ओलीकै टिममा पर्न प्रतिस्पर्धा गर्ने केही नेताहरूले महाधिवेशन सम्पन्न भएको ६ महिना पनि नपुग्दै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार भएको उनको आरोप छ।

बस्नेतले अहिले नेतृत्व परिवर्तनभन्दा पार्टीभित्र फैलिएको भ्रम चिर्ने, संगठनलाई थप एकताबद्ध बनाउने र सरकारका गलत कदमविरुद्ध खबरदारी गर्ने समय भएको बताएका छन्।

‘नेतृत्व परिवर्तनको समय पनि आउँछ। त्यतिबेला लोकतान्त्रिक विधिबाट सम्मानजनक हस्तान्तरण गरौँ। अहिले धैर्य, एकता र संगठन सुदृढीकरण आवश्यक छ,’ उनले भनेका छन्।

 

वि.सं.२०८३ भदौ ५ शुक्रवार १५:४२ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...