back
CTIZAN AD

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

वि.सं.२०८३ भदौ ५ शुक्रवार

15 

shares

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाको परिवारलाई भेटेर गृहमन्त्री सुदन गुरुङले माफी माग्नुपर्ने बताएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बमले गृहमन्त्रीलाई आफ्नो जिम्मेवारी सम्झिन आग्रह गरेकी छन्। उनले राज्यको अभिभावकका रूपमा पीडित परिवारको घरमा पुगेर उनीहरूको पीडा सुन्नुपर्ने बताएकी हुन्।

बमले गृहमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘गृहमन्त्रीज्यू, एकपटक आफ्नो पिसिओलाई फेरि सोध्नुस् त तपाईं नै गृहमन्त्री हो कि होइन भनेर। अनि उहाँले “हो” भन्नुभयो भने, त्यसपछि आफू गृहमन्त्री भएको विश्वास गर्नुस् र आफ्नो जिम्मेवारी सम्झिनुस्।’

उनका अनुसार तीन वर्षीया बालिकाको परिवार गृहमन्त्रीसँग संवाद गर्न चाहिरहेको छ। छोरी गुमाइसकेको परिवारलाई अब राज्यका तर्फबाट अभिभावकत्व र न्यायको अनुभूति गराउनु सरकारको दायित्व भएको बमको भनाइ छ।

‘उनीहरूले गुमाएको छोरी त अब कहिल्यै फर्केर आउने छैनन्। तर राज्यका तर्फबाट उनीहरूको अभिभावक बनेर तपाईं त्यहाँ पुग्न सक्नुहुन्छ,’ उनले भनेकी छन्, ‘उनीहरूको घाउमा मल्हम लगाउन सक्नुहुन्छ। उनीहरूलाई यो महसुस गराउन सक्नुहुन्छ कि यो दुःख उनीहरूको मात्र होइन, राज्यको पनि दुःख हो।’

बमले पीडित परिवारले सुनाएको घटनाक्रमलाई समेत गम्भीर रूपमा लिनुपर्ने बताएकी छन्। परिवारको भनाइ उद्धृत गर्दै उनले बालिका हराएको जानकारी गराउँदै आमाले प्रहरीसँग खोजीका लागि आग्रह गरे पनि घटनालाई गम्भीरतापूर्वक नलिइएको र तीन दिनपछि मात्रै बालिकाको शव भेटिएको कुरालाई गम्भिर रुपमा लिन आग्रह गरेकी छन् ।

उनले तीन वर्षीया बालिकामाथि भएको यौन हिंसा र हत्यालाई केवल एउटा समाचारका रूपमा सीमित गर्न नहुने बताउँदै राज्यको जवाफदेहिता र बालिका सुरक्षाका विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरेकी छन्।

‘त्यसैले जानुस्, गृहमन्त्रीज्यू। परिवारलाई भेट्नुस्। उनीहरूको कुरा सुन्नुस्। र राज्य उनीहरूको साथमा छ भन्ने अनुभूति गराउनुस्,’ बमले आग्रह गरेकी छन्।

बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनअनुसार कडा कारबाही र पीडित परिवारलाई आवश्यक न्याय तथा संरक्षण उपलब्ध गराउनु राज्यको प्राथमिक जिम्मेवारी बन्नुपर्ने उनको भनाइ छ।

वि.सं.२०८३ भदौ ५ शुक्रवार १५:१५ मा प्रकाशित

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश,...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...