back
CTIZAN AD

होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु

वि.सं.२०८३ भदौ ५ शुक्रवार

12 

shares

काठमाडौँ । जिल्ला काठमाडौंको का.म.न.पा.–१०, शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ।

जिल्ला दाङको घोराही उ।म।न।पा।–१७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका –३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए।

घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मिनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८३ भदौ ५ शुक्रवार १४:४४ मा प्रकाशित

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

टी ट्वान्टी सिरिज : नेपाल ‘ए’ पहिला ब्याटिङ गर्दै

काठमाडौँ । अस्ट्रेलियाको डार्बिनमा आजदेखि सुरु भएको ‘टप इण्ड टि...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

पुरानो पहिरोको पिरलो

पुरानो पहिरोको पिरलो

काठमाडौँ । उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...