back
CTIZAN AD

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

वि.सं.२०८३ साउन ११ सोमवार

99 

shares

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज र सुलभ तरिकाले घर निर्माण तथा खरिद गर्न सहयोग पुर्याउने उद्देश्यले ’एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना ल्याएको छ ।

बैंकले “अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याजदर“ भन्ने नाराका साथ यो आकर्षक कर्जा योजना अघि सारेको हो ।

यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ५ प्रतिशतबाट सुरु हुने प्रारम्भिक ब्याजदरमा घर कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, कर्जा स्वीकृत गर्दा लाग्ने सेवा शुल्क समेत मात्र ०.५ प्रतिशत तोकिएको छ, जसले गर्दा घर बनाउने वा खरिद गर्ने सोचमा रहेका सर्वसाधारणलाई प्रारम्भिक वित्तीय भार निकै कम हुने बैंकको भनाइ छ । व्यक्तिगत आवासीय घर निर्माण, खरिद तथा स्तरोन्नति गर्न चाहने ग्राहकहरूलाई लक्षित गरी यो योजना ल्याइएको हो ।

इच्छुक ग्राहकले उक्त कर्जा सम्बन्धी थप जानकारी तथा आवेदनका लागि ग्राहकहरूले धर्मपथ, काठमाडौँस्थित बैंकको प्रधान कार्यालय वा देशभर रहेका कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

वि.सं.२०८३ साउन ११ सोमवार १५:५२ मा प्रकाशित

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

मोरङमा ‘डिजे’ प्रयोग गर्न निषेध

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा...

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...