back
CTIZAN AD

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

वि.सं.२०८३ असार २९ सोमवार

1.3K 

shares

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद्हरूले वर्तमान परराष्ट्र नीतिमाथि गम्भीर प्रश्न उठाएका छन्। कार्यक्रममा बोल्ने अधिकांश वक्ताले नेपालले असन्तुलित कूटनीतिक अभ्यासतर्फ उन्मुख हुने जोखिम बढेको भन्दै सरकारलाई राष्ट्रिय हित, असंलग्नता र सन्तुलित परराष्ट्र नीति अपनाउन आग्रह गरेका छन्।

नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘नेपालको भूराजनीतिमा छिमेक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख वक्ता पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपाललाई अब ‘तीन ढुंगाबीचको तरुल’ को संज्ञा दिएका छन्। उनले हिजोको पृथ्वीनारायणकालीन बिश्लेषणले पछिल्लो अवस्था सम्बोधन नहुने धारणा राख्दै अमेरीकाको प्रत्यक्ष उपस्थिति तथा एमसिसि र एसपिपिले तरुल अब तीन ढुंगाको चेपुवामा रहेको बिश्लेषण गरेका हुन् ।

श्रेष्ठले दलाई लामाको नाममा अमेरीकाले राजनीति बढाउन नहुने भन्दै नयाँ जेलेनेस्कि तयार पारेर नेपाल कमजोर बनाउने प्रयास बढाईएका तर्फ सबैको आँखा पु¥याउनु पर्ने धारणा ब्यक्त गरे । दलाई लामाको जन्मदिन मनाउने नाममा सरकारले अनुमति दिनु र दलाई लामाको धर्मसँग सरोकार नै नभएका पश्चिमा कुटनीतिज्ञहरुको उपस्थिति हुनुले बिषय गम्भिर बनाएको भन्दै ८६ बर्षिय श्रेष्ठले आपत्ति प्रकट गरे । उनले दलाई लामाको पहिचान धर्मसँग की राजनीतिसँग ? भन्ने प्रश्न गरे । नेपालको संबिधान, परराष्ट्रनीति र एक चीननीति बिरुद्ध हिँडेको सरकारलाई खवरदारी गर्न उनले जोड दिए । नेपालका परराष्टमन्त्रीको हालैको चीन भ्रमणका क्रममा चिनीया बिदेशमन्त्रीले भनेको ‘टाढाको नातेदार भन्दा नजिकको छिमेकी नै बढि काम लाग्ने’ सुझावको अर्थ बुझन आग्रह गरे ।

कार्यक्रमका बिशिष्ट वक्ता पुर्व राजदूत राजेश्वर आचार्यले देशको सार्वभौमिकता सबैको समान हुने बताउदै देशको हितमा बोल्न नेताहरु नडराउन सुझाव दिए । भूराजनैतिक संवेदनशिलता बुझेर काम गर्नुपर्नेमा अनावश्यक उतार चढाव आएकोमा उनले चिन्ता ब्यक्त गरे । अमेरीकी राष्टपति निक्सनको चीन भ्रमणका बेला तिब्बत र ताईवानको मामिलामा चीनको धारणा प्रष्ट आएको र अमेरीका समेत एक चीन नीतिमा बोल्नु परेको उनले संस्मरण गराए । उनले देशको हीतका लागी बिपिले चालेको एउटा कदम स्मरण गराउदै भने ,२०१६ मा बिपी भारत जांने तयारी गर्दा डा. केशरजंग रायमाझीलाई बोलाएर ‘देशको स्वतन्त्रता र राष्टिृयता बलियो बनाउन तपाईहरु जति बोलिदिनु हुन्छ मलाई त्यति सजिलो हुन्छ’ यस्तो तरीका अपनाएर पनि देश बलियो पार्न जरुरी हुन्छ, उनले उदाहरणहरु दिए ।

कार्यक्रमका अर्का वक्ता पुर्वराजदूत टंक कार्कीले शासकहरु उल्टी गंगामा बग्न थालेकोमा चिन्ता ब्यक्त गरे । बिदेशिको उलामालामा उक्सिदा र प्रतिक्रियाको राजनीतिमा भुल्दा देशलाई घात हुने भन्दै सन १९६२ पछिको भारत चीन सम्बन्धलाई बुझेर चल्नुपर्ने सुझाव दिए । संसार अहिले जीरो सम गेममा नरहेकोले सांसारिकता बुझेर गम्भिर बन्न सरकारलाई अनुरोध गरे । अहिलेको चीन सुतेको बाघ नभएको बुझेर नेपालले आफनो सम्बन्ध सुदृढ गनुपर्ने धारणा उनले ब्यक्त गरे ।

सोहि कार्यक्रम पुर्व राजदूत एवम् नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले ईतिहास, सभ्यता र संस्कृतिको चेत बदलिँदा पनि छिमेकी बदल्न नसकिने हुदा असल सम्बन्धको बिकल्प नहुने बताएका छन् । अहिले हाम्रो काँधमा बन्दुक राखेर कसैले पडकाउन खोजेको र हामीलाई शक्ति राष्ट्रको द्वन्दको चपेटामा पारेर मिच्न खोजेको कारण सरकारलाई सजग गराउनु परेको उनले बताए । धेरै पश्चिमा राष्टका कुटनीतिज्ञहरु दलाईलामाको अनुयायी पनि नभएको र यशुको जन्मदिन पनि नपरेको बेला पनि जन्मदिन मनाउन सरकारको स्विकृतिमा स्कुलमै जानुले राजनैतिक मिशन भएको आशंका ब्यक्त गरे । प्रोक्सि वार नेपाललाई आवश्यक नभएका पनि उनले बताए ।

कार्यक्रमका अर्कावक्ता पुर्वराजदूत विष्णुपुकार श्रेष्ठले कुटनैतिक असन्तुलन ल्याउने गरी सरकार उरेन्ठेउलो हुन लागेकोमा चिन्ता ब्यक्त गर्दै यस्ता गतिबिधिले देशलाई पार्ने हानी र नोक्सानीका कारण ७ जना पुर्व राजदूतले संयुक्त बक्तब्यमार्फत सरकारलाई गल्ती सच्याउन आग्रह गरेको प्रष्टिकरण दिए । राष्ट्रिय हितको ठम्याई र त्यसमा आधारीत सुरक्षा र आत्मनिर्भरता मार्फत समृद्धि अहिलेको कोर्ष हुनुपर्ने बताउदै सरकारलाई सहि बाटो समाउन सुझाव दिए । कसैसंग शत्रुता होइन, सबैसँग मित्रताको हाम्रो अनिवार्यतालाई नाघेर दलाई लामाको जन्मोत्सव मनाउन सुरक्षा समितिको बैठक नै बसेर अनुमति दिनु बिडम्बना नै भएको उनले बताए । रणनैतिक बिन्दुको सही उपयोग सन्तुलित कुटनीतिले मात्र गर्न सक्ने पनि उनले बताए ।

कार्यक्रममा बिशिष्ट अतिथि रहेका नेपाली कम्युनिष्ट पार्टीका नेता तथा बुद्धिजीवी मोर्चा समन्वय फाँटका प्रमुख जगन्नाथ खतिवडाले नेपालको परराष्ट्नीतिमा देखा पर्न थालेका बिचलन, अराजकता तथा त्यसका सम्भावित परीणाम समेतमा वहश बढाउन आवश्यक रहेको संदर्भमा नेपाल बुुद्धिजीवी संगठनद्धारा उक्त कार्यक्रम आयोजना गरिएकोमा सराहना ब्यक्त गरे ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बुद्धिजीवी मोर्चा समन्वय फाँटका उपप्रमुख निलकण्ठ तिवारीको आतिथ्यता, नेपाल बुुद्धिजीवी संगठनका संयोजक कृष्ण केसीको अध्यक्षता, सहसंयोजक सिताराम घले परीयारको संचालन र अर्का सहसंयोजक भगिरथ न्यौपानेको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा बुद्धिजीवीहरु भरत शर्मा, डा आईत बिश्वकर्मा, जगदिश शाही, डा. भवेश झा लगायतले बिभिन्न जिज्ञासा राखेका थिए ।

 

वि.सं.२०८३ असार २९ सोमवार २१:२५ मा प्रकाशित

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...