back
CTIZAN AD

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

वि.सं.२०८३ असार २९ सोमवार

1.8K 

shares

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई लक्षित गर्दै सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएकी छन्। विभिन्न सञ्चारगृह अगाडि सवारीसाधन पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाप्रति प्रतिक्रिया जनाउँदै उनले ‘के तपाईंहरूलाई मान्छेको ज्यानभन्दा पनि स्टन्ट गरेर देखाउनु ठूलो भएको हो ?’ भन्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी हुन्।

रक्षा बमले उक्त गतिविधिलाई प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको भन्दै आलोचना गरेकी छन्। उनका अनुसार सञ्चारगृहअगाडि गाडी पार्क गर्नुको उद्देश्य ‘जथाभावी पार्किङले कस्तो समस्या निम्त्याउँछ भन्ने देखाउनु’ भएको दाबी गरिएको थियो। तर यस्तो शैलीले नागरिकलाई सास्ती दिने र शक्ति प्रदर्शन गर्ने सन्देश दिएको उनको भनाइ छ।

उनले यस प्रसंगसँगै गत प्रतिनिधिसभा निर्वाचनताका राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबारे भएको विवाद पनि स्मरण गरेकी छन्। त्यसबेला समानुपातिक सूचीको विरोध गर्नेहरूलाई बागमतीमा चोबालिदिने र सामाजिक सञ्जालमा समर्थन गर्नेहरूलाई समेत थुनाउने अभिव्यक्ति आएको दाबी गर्दै उनले त्यसलाई ‘तानाशाही मानसिकताको झल्को’ को रूपमा चित्रण गरेकी छन्।

रक्षा बमले फरक मतलाई अपराध ठान्ने, आलोचनालाई शत्रुताको रूपमा हेर्ने र राज्यशक्तिको आडमा नागरिकलाई दबाब दिने प्रवृत्ति लोकतान्त्रिक शासन व्यवस्थाका लागि चिन्ताजनक भएको उल्लेख गरेकी छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको पदमा बसेका व्यक्तिले पदको गरिमा कायम राख्दै नागरिक र सञ्चारमाध्यमप्रति जिम्मेवार व्यवहार गर्नुपर्ने उनको धारणा छ।

पार्किङ व्यवस्थापन सरकारको जिम्मेवारी भएको उल्लेख गर्दै उनले सञ्चारगृह अगाडि गाडी तेर्स्याएर शक्ति प्रदर्शन गर्नु समाधान नभएको बताइन्। उनले प्रश्न गर्दै भनिन्, ‘पार्किङको समस्या समाधान गर्ने कि नागरिकलाई दुःख दिएर स्टन्ट गर्ने ?’

रक्षा बमले हालै चर्चामा आएको गणेश नेपाली घटनाप्रति पनि टिप्पणी गरेकी छन्। नगर प्रहरीले अपनाएको व्यवहार कुनै पनि दृष्टिले उचित नभएको उल्लेख गर्दै उनले विरोध पार्किङ व्यवस्थापनको नभई नागरिकसँग गरिएको अमानवीय व्यवहारको शैली विरुद्ध रहेको स्पष्ट पारेकी छन्। नागरिकप्रति राज्यका निकाय संवेदनशील र करुणाशील हुनुपर्ने उनको जोड छ।

उनले राज्य सञ्चालनलाई चलचित्र निर्माणसँग तुलना गर्न नमिल्ने उल्लेख गर्दै कटाक्ष गरिन्, ‘कुनै फिल्मको स्क्रिप्ट लेखेर फिल्म चलाउनु र राज्यसत्ता सञ्चालन गर्नु दुई फरक कुरा हुन्।’

वि.सं.२०८३ असार २९ सोमवार २०:४४ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...