back
CTIZAN AD

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

वि.सं.२०८३ असार २९ सोमवार

612 

shares

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरले अन्तर्राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा अमेरिकाकी कवियित्री जमुना भट्टराई प्रथम, द्वितीय सिन्धु पौडेल ( नेपाल ), तृतीय महेन्द्र भट्टराई (सेसेल्स) भएका छन् भने क्रमशः कवि मधु घिमिरे( अमेरिका) र कवियित्री बिष्णुमाया कट्टेल (सिक्किम , भारत ) ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा उत्कृष्ट १० कविताहरू प्रतियोगि कविहरूले वाचन गरेका थिए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका महादेशीय च्याप्टरका उपाध्यक्ष पासाङ गोपर्मा शेर्पाको अध्यक्षतामा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको प्रमुख आतिथ्य, विशेष अतिथि अनेसास केन्द्रीय सल्लाहकार हिक्मत थापा र महासचिव राजु सिटौलाको उपस्थिति रहेकोे थियो भने कार्यक्रम अनेसास केन्द्रीय उपाध्यक्ष एवम् अनेसास अफ्रिकाका संस्थापक अध्यक्ष गणेश खड्काले संयोजन गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि अनेसास केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले अनेसास अफ्रिका च्याप्टरले किलिमन्जारो प्रकाशन र सम्पन्न गरेका अन्य राम्रा कामहरूको प्रशंसा गरेका थिए ।

विशेष अतिथि अनेसास सल्लाहकार हिक्मत थापाले अफ्रिका महादेशीय च्याप्टरको उन्नति प्रगतिमा अनेसास अफ्रिकाका सम्पूर्ण सदस्यहरूको उत्तिकै योगदान रहेको र आगामी दिनहरूमा नेपाली भाषा साहित्यका लागि अझ बढी योगदान गर्ने अपेक्षा रहेकोे बताए । साथै अनेसास केन्द्रीय उपाध्यक्ष गणेश खड्काले च्याप्टर स्थापना कालदेखि हालसम्म गरिएका कार्यहरु कदापि भुल्न नहुने बताए ।

कार्यक्रममा अनेसासका केन्द्रिय महासचिव राजु सिटौला, प्रमुख निर्णायक वरिष्ठ कवि सुबिद गुरागाई एवम् निर्णायक मण्डल सदस्य राज आशातित लगायत कवि तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य सचिव भरत रिजाल र सहजिकरण महासचिव रामचन्द्र राईले गरेका थिए ।

वि.सं.२०८३ असार २९ सोमवार १९:०६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...