back
CTIZAN AD

बैङ्कक पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते

वि.सं.२०८३ असार २९ सोमवार

273 

shares
बैङ्कक ।   थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।
आगलागी बैङ्ककको उत्तरी क्षेत्रमा रहेको ना लाडपराव पबमा भएको हो । प्रारम्भिक जानकारीअनुसार स्टेज नजिकै रहेको सर्किट ब्रेकरबाट धुवाँ निस्किएपछि विस्फोट भएको र केही क्षणमै बाक्लो धुवाँ तथा आगो पबभर फैलिएको थियो । त्यसपछि मानिसहरू बाहिर निस्कन खोज्दा भागदौड मच्चिएको थियो ।
थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनास्थलमै पुगेर २७ जनाको मृत्यु भएको पुष्टि गर्दै आगलागीको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । उहाँका अनुसार धेरै शव पबको पछाडितर्फ रहेको शौचालय क्षेत्रमा फेला परेका छन् । त्यहाँ मानिसहरू ज्यान जोगाउन आश्रय लिन पुगेका थिए ।
प्रारम्भिक उद्धार टोलीले सार्वजनिक गरेको दृश्यमा पबको मुख्य प्रवेशद्वारबाट ठूलो आगो र बाक्लो कालो धुवाँ निस्किरहेको तथा मानिसहरू ज्यान जोगाउन भागिरहेको देखिएको थियो । आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब आधा घण्टा लागेको थियो ।
बैङ्ककका गभर्नर चाडचार्ट सिटिपुन्टका अनुसार घाइतेलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ । धेरै पीडितसँग परिचय खुल्ने कागजात नभएको वा उनीहरू बेहोस रहेकाले पहिचान गर्ने काम जारी छ ।
घटनापछि आफ्ना आफन्तको खोजीमा पुगेका परिवारजनका लागि घटनास्थल नजिकै दर्ता तथा सूचना केन्द्र स्थापना गरिएको छ ।
नजिकै अर्को कार्यक्रममा प्रस्तुति दिइरहेकी गायिका सुकन्या वोङवोङवाईले आगलागीको खबर पाएपछि घटनास्थल पुगेको बताउँदै आफ्ना ब्यान्डका एक सदस्यको मृत्यु भएको, तीन जना अस्पतालमा उपचाररत रहेको र एक जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार आगलागी भएपछि तत्काल विद्युत् आपूर्ति बन्द हुँदा पब अन्धकारमय बनेको र बाक्लो धुवाँका कारण मानिसहरूले एकअर्कालाई देख्न नसकेकाले बाहिर निस्कन कठिन भएको थियो ।
थाइल्यान्डमा यसअघि पनि यस्ता दुःखद् आगलागी भएका छन् । सन् २०२२ मा देशको पूर्वी क्षेत्रमा रहेको एक म्युजिक पबमा आगलागी हुँदा १४ जनाको मृत्यु भएको थियो । त्यसअघि सन् २००९ को नयाँ वर्षको पूर्वसन्ध्यामा बैङ्ककको सान्टिका नाइटक्लबमा भएको आगलागीमा ६६ जनाले ज्यान गुमाएका थिए भने २०० भन्दा बढी घाइते भएका थिए । उक्त आगलागी भित्री आतशबाजी प्रदर्शनका कारण भएको निष्कर्ष निकालिएको थियो ।रासस/एपी

वि.सं.२०८३ असार २९ सोमवार १८:५६ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...