back
CTIZAN AD

प्रवेशाज्ञा दस्तुरवापत  दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन

वि.सं.२०८३ साउन १२ मंगलवार

162 

shares
भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२÷८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व सङ्कलन गरिएको छ ।
पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व  रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट  नौ हजार ४४७ जना विदेशी नागरिक नेपाल प्रवेश गरेको जानकारी दिए ।
उक्त  अवधिमा आठ हजार २९७ पर्यटक भिसा, १६३ नाता भिसा, ४९ गैरआवासीय नेपाली (एनआरएन) भिसा र ३२ वैवाहिक भिसा जारी गरिएको छ । गत आर्थिक वर्षमा काँकरभिट्टा नाका हुँदै ८६ देशका नागरिक नेपाल प्रवेश गरेका थिए । भुटानका चार हजार ९९४ जना (५३ प्रतिशत), अमेरिकाका दुई हजार १५२ जना (२३ प्रतिशत) नागरिक रहेका थिए ।
पुस र माघ महिनामा सबैभन्दा बढी विदेशी नागरिक नेपाल भित्रिने गरेका छन् । भुटानमा यस अवधिमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा आसपासमा रहेका आफन्तसँग भेटघाट गर्न तथा पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी महादेव दर्शनका लागि नेपाल आउने क्रम बढ्ने गरेको हो ।

वि.सं.२०८३ साउन १२ मंगलवार १६:३८ मा प्रकाशित

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

गृहमन्त्रीलाई बुझाइयो सुनसरी–सिरहा घटनाको प्रतिवेदन

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज र सिरहामा भएका साम्प्रदायिक...

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

एभरेस्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर पाल्पाको तानसेनमा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले पाल्पाको तानसेनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा...

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...