काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर पहुँच पु¥याउने उद्देश्यले मोबाइल बैंकिङ एप ’एनआईसी एशिया मोबैंक’ मार्फत सजिलै डाटाप्याक खरिद गर्न सकिने सुविधा ल्याएको छ ।
“डाटाप्याक सकियो?“ भन्ने समस्यालाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूलाई जुनसुकै समयमा इन्टरनेटको साथमा रहन सघाउने गरी यो सुविधालाई थप सहज बनाएको हो ।
यस सुविधा अन्तर्गत नेपाल टेलिकम र एनसेल दुवै सेवा प्रदायकका ग्राहकहरूले मोबैंक एप प्रयोग गरी तुरुन्तै डाटाप्याक खरिद गर्न सक्नेछन् । २४ सै घण्टा उपलब्ध रहने यो सेवा अत्यन्तै सुरक्षित, भरपर्दो र छरितो रहेको बैंकले जनाएको छ । ग्राहकहरूले बैंक खाताबाटै सिधै रकम भुक्तानी गरी आफ्ना लागि आवश्यक डाटा प्याकेजहरू सहजै लिन सक्नेछन ।
वि.सं.२०८३ साउन ११ सोमवार १५:५९ मा प्रकाशित






























