back
CTIZAN AD

सपनामा फर्किएको मान्छे

वि.सं.२०८३ साउन ३ आइतवार

1.4K 

shares

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति सपनामा धेरै वर्षअघि भेटिएको एक पुरानो ठग आएको थियो । ऊ पहिलेभन्दा शान्त देखिन्थ्यो । उसको आँखामा पश्चात्ताप थियो । मलाई हेरेर बिस्तारै भन्यो, दाइ, म सुध्रिएँ नि ।

सपनाबाट ब्युँझिएपछि धेरैबेर राती एक देखी तीन बजेसम्म म त्यसैको बारेमा सोचिरहेँ । जीवनमा यस्ता संयोग र अनुभूति धेरैलाई हुन्छन् कहिलेकाहीँ वर्षौँअघि बिर्सिसकेको पात्र अचानक सपनामा आउँछ र पुराना घटना चलचित्रझैँ आँखाअघि घुम्न थाल्छन् ।

घटना करिब पन्ध्र वर्षअघिको हो । शनिवार पनि हामी पत्रिकाको कार्यालय सफा गर्दै थियौँ । भुपराज जी र  ‘मेरो जोड तिहार पछि गरौला’ भन्ने थियो भने चन्दाजीले लक्ष्मी पुजा अगाडि नै पेण्ट सकौ भन्नुभयो । त्यहि वरपरका पेण्टर हुँदाहुँदै नखोजेर हामी पनि भित्ता भित्तामा टाँसीएका बिज्ञापनमा आकर्षित भयौ । मानौं भित्ताको त्यो सूचना अहिलेको एल्गोरिदम थियो । त्यहि दिइएको नम्बरमा कल भएपछि रंगरोगन गर्ने कामका लागि एक जना पेण्टर आए । उनी निकै हंसिला, नरम र आकर्षक देखिन्थे । उनले कार्यालय र कोठाहरु हेरेपछि हिसाब गरेर भने, ‘दाइ, तीस हजार रुपैयाँ लाग्छ । तीन दिनभित्र सबै काम सकिदिन्छु ।’

उनको मधुर बोलीमा विश्वास लाग्यो । सामान किन्नुपर्छ भन्दै उनले तेह्र हजार रुपैयाँ पेश्की मागे । हामीले पनि कुनै शंका नगरी पैसा दियौँ । उनले तीन घण्टामा सामान ल्याउने र तीन दिनमै फर्केर काम सक्ने वाचा गरे ।

त्यो दिनको सामान ल्याउने तीन घण्टाको प्रतिक्षा भयो । यसैगरी तीन दिन बिते । फोन गर्दा उनले बच्चा बिरामी परेको भनेपछि मैले कुन अस्पतालमा हो भनेर सोधेँ । उनले निर्धक्कसँग भने । कान्ति अस्पताल । यसैगरी चार दिन बिते । पाँचौँ दिनसम्म पनि उनी आएनन् । । फोन पनि उठाएनन् ।

मलाई केही शंका लाग्यो । म सिधै कान्ति अस्पताल पुगेँ । धेरै खोजेँ, तर उनले भनेको नामको कुनै बिरामी भेटिएन । त्यतिबेला मलाई स्पष्ट भयो, यो बहाना मात्र रहेछ ।
त्यसपछि हामीले प्रहरी र दूरसञ्चार कार्यालयको सहयोग लियौ । उनले बिज्ञापनमा प्रयोग गरेका फोन नम्बरहरू, नियमित सम्पर्कमा रहेका मानिसहरू र उनको गतिविधिबारे जानकारी जुटाइयो । अनुसन्धान अघि बढ्दै जाँदा ठगि बाहेक उनको अर्र्काे ब्यभिचारी अनुहार खुल्दै गयो ।

उनका अजिव संपर्कबाट थाहा भयो की उनी राति विभिन्न महिलासँग गफिने र समय मिलाउने काममा खप्पिस रहेछन । घरमा श्रीमती र बच्चा हुँदाहुँदै पनि नयाँ सम्बन्ध खोज्दै हिँड्ने र ठगीबाट कमाएको पैसाले रमाइलो गर्ने बानीका रहेछन्। । यस्ता मानिसले एउटा झूट लुकाउन अर्काे झूट, अनि त्यसलाई छोप्न फेरि अर्को नाटक गर्छन । अन्ततः त्यही गलत संगत र उत्तेजनात्मक जीवनशैलीले उनलाई पक्राउ पर्ने ठाउँसम्म पु¥यायो ।

कमलपोखरी प्रहरी चौकीको सहयोगमा उनलाई नियन्त्रणमा लिइयो । त्यो घटना सानो भएपनि कुनै चलचित्रभन्दा कम रोचक थिएन । पछि यस घटनालाई पत्रकार अनिता भट्टराईले ऐक्यबद्धता पत्रिकामा फिल्मी शैलीको बिम्ब लेखका रूपमा पनि प्रस्तुत गर्नुभएको थियो । केटी भन्दा हुरुक्क हुने उसलाई त्यसै प्रकारको योजना बनाएर नियन्त्रणमा लिन बिसौ दिन धैर्य गरिएको थियो ।

प्रहरी कार्यालयमा थुनिएका उनी पहिलोपटक मसँग निकै निरीह देखिए । चौकीका अधिकृत र मैले उनकी श्रीमतीको मनोबिज्ञान पनि बुझयाैँ । अनुसन्धानका पाटा बताउँदै जादा श्रीमतीका आँशु बर्बर झरीरहेका थिए । त्यति राम्री आफनी श्रीमतीको सुन्दरतालाई कुरुपताका अनेक शब्दावली र स्वस्थ श्रीमतीलाई अनेक रोग देखाएर अरुलाई नजिक बनाउने उसको खेती हाम्रो प्रयासले रोक्यो । त्यहि कारण उ आफ्नी श्रीमती तर्फ हेर्न पनि सकिरहेको थिएन ।

३ दिन राख्दा प्रहरीबाट कति केरकार भयो मलाई थाहा भएन । ठगिएको १३ हजार उठाउन मात्र म पछि लागेको थिईन । विश्वासको चोट कति गहिराईमा पुग्छ त्यो मर्म र उसको भबिष्य सोच्ने बाहेक उ प्रति मेरो कुनै गुनासो थिएन । ५ महिनाको बच्चा बोकेकी श्रीमतीको चर्को अनुरोध भएपनि दुई–तीन दिन राखेरै पदार्थबाट चेतना दिने हाम्रो सहमति बनेको थियो । उसका कतिपय कमजोरी श्रीमतीलाई सुनायौ भने कतिपय भन्न सकेनाैं र उसैलाई महशुस गरायाैँ ।

केहीबेरपछि उनले हामीतिर फर्केर टाउको झुकाउँदै भने, ‘सर गल्ती भयो । साथीहरुको गलत संगतमा परेँ । ठगी गरेर कमाएको पैसामा रमाइलोको अनैतिक दौड पछाडि लाग्दा आज यो दिन आयो । अब यो बाटो छोड्छु । मलाई एकपटक माफ गरिदिनुहोस् ।’

उनको आवाजमा अभिनय थियो कि साँचो पश्चात्ताप, त्यसबेला छुट्याउन गाह्रो थियो । तर उनकी श्रीमतीले भने अझै पनि उनलाई एउटा मौका दिन चाहिन। उनी जमानी बसिन् र केही दिनपछि उनी छुटे ।

त्यसपछि हाम्रो भेट कहिल्यै भएन ।

समय नदीजस्तै बगिरह्यो । हामी सबै आफ्नो आफ्नो काममा व्यस्त भयौँ । उनी कहाँ छन् के गर्दैछन, फेरि पुरानै धन्दा समाते कि साँच्चै सुध्रिए, मलाई केही थाहा भएन ।
तर आजको सपना भने अनौठो थियो ।

सपनामा उनी पहिलेका जस्ता चञ्चल थिएनन् । अनुहारमा उमेर थपिएको थियो । आँखामा लोभ होइन, शान्ति थियो । उनले फेरि त्यही वाक्य दोहो¥याए, सर म सुध्रिएँ नि ।
मैले सपनामै उनलाई केही सोधिन । केवल हेरिरहेँ । उनी मुस्कुराए र बिस्तारै टाढिँदै गए ।

ब्युँझिएपछि मनमा एउटै प्रश्न घुमिरह्यो, के साँच्चै मानिस बदलिन सक्छ ?

जीवनले सिकाएको एउटा सत्य भने यही हो की अपराधलाई कहिल्यै समर्थन गर्न सकिँदैन । ठगीले कसैको विश्वास मात्र होइन, धेरैको सपना पनि लुट्छ । त्यसको कानुनी कारबाही हुनैपर्छ । तर सजायको उद्देश्य केवल दण्ड दिनु मात्र होइन, सुधारको अवसर दिनु पनि हो ।

थोरै मानिस कहिल्यै बदलिँदैनन् । तर केही मानिसहरू एउटा ठूलो झट्कापछि आफ्नो जीवनलाई नयाँ दिशामा मोड्न सफल पनि हुन्छन् । यदि त्यो पेण्टर साँच्चै सुध्रिएको हो भने, त्यो केवल उसको जित होइन, उसको परिवारको, उसकी श्रीमतीको धैर्यताको र समाजले दिएको दोस्रो अवसरको पनि जित हो ।

मलाई आजसम्म थाहा छैन मेरो सपना कुनै संकेत थियो, संयोग थियो वा केवल अवचेतन मनले कोरेको एउटा चित्र । तर यदि कतै उसले साँच्चै नयाँ जीवन सुरु गरेको छ भने, म चाहन्छु उसले फेरि कहिल्यै कसैको विश्वास नतोडोस् ।

वि.सं.२०८३ साउन ३ आइतवार १४:५१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...

गजल

गजल

पद्मा रिजाल, बाँके साफ मन दृष्टि सङ्लो छ मेरो जिन्दगी...

कविता : आदिकवि भानुभक्तप्रति

कविता : आदिकवि भानुभक्तप्रति

कविराज घिमिरे,भक्तपुर असारे आली समाती जन्मे एउटा बालक नेपाली जिमी...