back
CTIZAN AD

सपनामा फर्किएको मान्छे

वि.सं.२०८३ साउन ३ आइतवार

2.7K 

shares

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति सपनामा धेरै वर्षअघि भेटिएको एक पुरानो ठग आएको थियो । ऊ पहिलेभन्दा शान्त देखिन्थ्यो । उसको आँखामा पश्चात्ताप थियो । मलाई हेरेर बिस्तारै भन्यो, दाइ, म सुध्रिएँ नि ।

सपनाबाट ब्युँझिएपछि धेरैबेर राती एक देखी तीन बजेसम्म म त्यसैको बारेमा सोचिरहेँ । जीवनमा यस्ता संयोग र अनुभूति धेरैलाई हुन्छन् कहिलेकाहीँ वर्षौँअघि बिर्सिसकेको पात्र अचानक सपनामा आउँछ र पुराना घटना चलचित्रझैँ आँखाअघि घुम्न थाल्छन् ।

घटना करिब पन्ध्र वर्षअघिको हो । शनिवार पनि हामी पत्रिकाको कार्यालय सफा गर्दै थियौँ । भुपराज जी र  ‘मेरो जोड तिहार पछि गरौला’ भन्ने थियो भने चन्दाजीले लक्ष्मी पुजा अगाडि नै पेण्ट सकौ भन्नुभयो । त्यहि वरपरका पेण्टर हुँदाहुँदै नखोजेर हामी पनि भित्ता भित्तामा टाँसीएका बिज्ञापनमा आकर्षित भयौ । मानौं भित्ताको त्यो सूचना अहिलेको एल्गोरिदम थियो । त्यहि दिइएको नम्बरमा कल भएपछि रंगरोगन गर्ने कामका लागि एक जना पेण्टर आए । उनी निकै हंसिला, नरम र आकर्षक देखिन्थे । उनले कार्यालय र कोठाहरु हेरेपछि हिसाब गरेर भने, ‘दाइ, तीस हजार रुपैयाँ लाग्छ । तीन दिनभित्र सबै काम सकिदिन्छु ।’

उनको मधुर बोलीमा विश्वास लाग्यो । सामान किन्नुपर्छ भन्दै उनले तेह्र हजार रुपैयाँ पेश्की मागे । हामीले पनि कुनै शंका नगरी पैसा दियौँ । उनले तीन घण्टामा सामान ल्याउने र तीन दिनमै फर्केर काम सक्ने वाचा गरे ।

त्यो दिनको सामान ल्याउने तीन घण्टाको प्रतिक्षा भयो । यसैगरी तीन दिन बिते । फोन गर्दा उनले बच्चा बिरामी परेको भनेपछि मैले कुन अस्पतालमा हो भनेर सोधेँ । उनले निर्धक्कसँग भने । कान्ति अस्पताल । यसैगरी चार दिन बिते । पाँचौँ दिनसम्म पनि उनी आएनन् । । फोन पनि उठाएनन् ।

मलाई केही शंका लाग्यो । म सिधै कान्ति अस्पताल पुगेँ । धेरै खोजेँ, तर उनले भनेको नामको कुनै बिरामी भेटिएन । त्यतिबेला मलाई स्पष्ट भयो, यो बहाना मात्र रहेछ ।
त्यसपछि हामीले प्रहरी र दूरसञ्चार कार्यालयको सहयोग लियौ । उनले बिज्ञापनमा प्रयोग गरेका फोन नम्बरहरू, नियमित सम्पर्कमा रहेका मानिसहरू र उनको गतिविधिबारे जानकारी जुटाइयो । अनुसन्धान अघि बढ्दै जाँदा ठगि बाहेक उनको अर्र्काे ब्यभिचारी अनुहार खुल्दै गयो ।

उनका अजिव संपर्कबाट थाहा भयो की उनी राति विभिन्न महिलासँग गफिने र समय मिलाउने काममा खप्पिस रहेछन । घरमा श्रीमती र बच्चा हुँदाहुँदै पनि नयाँ सम्बन्ध खोज्दै हिँड्ने र ठगीबाट कमाएको पैसाले रमाइलो गर्ने बानीका रहेछन्। । यस्ता मानिसले एउटा झूट लुकाउन अर्काे झूट, अनि त्यसलाई छोप्न फेरि अर्को नाटक गर्छन । अन्ततः त्यही गलत संगत र उत्तेजनात्मक जीवनशैलीले उनलाई पक्राउ पर्ने ठाउँसम्म पु¥यायो ।

कमलपोखरी प्रहरी चौकीको सहयोगमा उनलाई नियन्त्रणमा लिइयो । त्यो घटना सानो भएपनि कुनै चलचित्रभन्दा कम रोचक थिएन । पछि यस घटनालाई पत्रकार अनिता भट्टराईले ऐक्यबद्धता पत्रिकामा फिल्मी शैलीको बिम्ब लेखका रूपमा पनि प्रस्तुत गर्नुभएको थियो । केटी भन्दा हुरुक्क हुने उसलाई त्यसै प्रकारको योजना बनाएर नियन्त्रणमा लिन बिसौ दिन धैर्य गरिएको थियो ।

प्रहरी कार्यालयमा थुनिएका उनी पहिलोपटक मसँग निकै निरीह देखिए । चौकीका अधिकृत र मैले उनकी श्रीमतीको मनोबिज्ञान पनि बुझयाैँ । अनुसन्धानका पाटा बताउँदै जादा श्रीमतीका आँशु बर्बर झरीरहेका थिए । त्यति राम्री आफनी श्रीमतीको सुन्दरतालाई कुरुपताका अनेक शब्दावली र स्वस्थ श्रीमतीलाई अनेक रोग देखाएर अरुलाई नजिक बनाउने उसको खेती हाम्रो प्रयासले रोक्यो । त्यहि कारण उ आफ्नी श्रीमती तर्फ हेर्न पनि सकिरहेको थिएन ।

३ दिन राख्दा प्रहरीबाट कति केरकार भयो मलाई थाहा भएन । ठगिएको १३ हजार उठाउन मात्र म पछि लागेको थिईन । विश्वासको चोट कति गहिराईमा पुग्छ त्यो मर्म र उसको भबिष्य सोच्ने बाहेक उ प्रति मेरो कुनै गुनासो थिएन । ५ महिनाको बच्चा बोकेकी श्रीमतीको चर्को अनुरोध भएपनि दुई–तीन दिन राखेरै पदार्थबाट चेतना दिने हाम्रो सहमति बनेको थियो । उसका कतिपय कमजोरी श्रीमतीलाई सुनायौ भने कतिपय भन्न सकेनाैं र उसैलाई महशुस गरायाैँ ।

केहीबेरपछि उनले हामीतिर फर्केर टाउको झुकाउँदै भने, ‘सर गल्ती भयो । साथीहरुको गलत संगतमा परेँ । ठगी गरेर कमाएको पैसामा रमाइलोको अनैतिक दौड पछाडि लाग्दा आज यो दिन आयो । अब यो बाटो छोड्छु । मलाई एकपटक माफ गरिदिनुहोस् ।’

उनको आवाजमा अभिनय थियो कि साँचो पश्चात्ताप, त्यसबेला छुट्याउन गाह्रो थियो । तर उनकी श्रीमतीले भने अझै पनि उनलाई एउटा मौका दिन चाहिन। उनी जमानी बसिन् र केही दिनपछि उनी छुटे ।

त्यसपछि हाम्रो भेट कहिल्यै भएन ।

समय नदीजस्तै बगिरह्यो । हामी सबै आफ्नो आफ्नो काममा व्यस्त भयौँ । उनी कहाँ छन् के गर्दैछन, फेरि पुरानै धन्दा समाते कि साँच्चै सुध्रिए, मलाई केही थाहा भएन ।
तर आजको सपना भने अनौठो थियो ।

सपनामा उनी पहिलेका जस्ता चञ्चल थिएनन् । अनुहारमा उमेर थपिएको थियो । आँखामा लोभ होइन, शान्ति थियो । उनले फेरि त्यही वाक्य दोहो¥याए, सर म सुध्रिएँ नि ।
मैले सपनामै उनलाई केही सोधिन । केवल हेरिरहेँ । उनी मुस्कुराए र बिस्तारै टाढिँदै गए ।

ब्युँझिएपछि मनमा एउटै प्रश्न घुमिरह्यो, के साँच्चै मानिस बदलिन सक्छ ?

जीवनले सिकाएको एउटा सत्य भने यही हो की अपराधलाई कहिल्यै समर्थन गर्न सकिँदैन । ठगीले कसैको विश्वास मात्र होइन, धेरैको सपना पनि लुट्छ । त्यसको कानुनी कारबाही हुनैपर्छ । तर सजायको उद्देश्य केवल दण्ड दिनु मात्र होइन, सुधारको अवसर दिनु पनि हो ।

थोरै मानिस कहिल्यै बदलिँदैनन् । तर केही मानिसहरू एउटा ठूलो झट्कापछि आफ्नो जीवनलाई नयाँ दिशामा मोड्न सफल पनि हुन्छन् । यदि त्यो पेण्टर साँच्चै सुध्रिएको हो भने, त्यो केवल उसको जित होइन, उसको परिवारको, उसकी श्रीमतीको धैर्यताको र समाजले दिएको दोस्रो अवसरको पनि जित हो ।

मलाई आजसम्म थाहा छैन मेरो सपना कुनै संकेत थियो, संयोग थियो वा केवल अवचेतन मनले कोरेको एउटा चित्र । तर यदि कतै उसले साँच्चै नयाँ जीवन सुरु गरेको छ भने, म चाहन्छु उसले फेरि कहिल्यै कसैको विश्वास नतोडोस् ।

वि.सं.२०८३ साउन ३ आइतवार १४:५१ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...