back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन २३ शनिवार

111 

shares

कृष्णप्रसाद गौतम
इटहरी, सुनसरी

कर्ममा लीनको छैन धन यहाँ
ढाँटका जिन्दगी मस्त छन् यहाँ

घुम्छ जो शक्तिको आडमा सधैँ
दिनदिनै चल्छ उसकै खटन यहाँ

राख्छ के विश्वले चाहना यही ?
कंसको घरघरै होस् भजन यहाँ

दीनका दुख्दछन् मनहरू सधैँ
धूर्तको चकचकी हुन्छ झन् यहाँ

मालती फक्रिँदा माहुरी बनी
बढ्दछन् दुष्टका आगमन यहाँ ।

बहर : मुतदारिक मुखल्ला
वजन : २१२ – २१२ – २१२ – १२
अर्कान : फाइलुन् फाइलुन् फाइलुन् फअल्
काफिया : अन
रदिफ : यहाँ
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ साउन २३ शनिवार ०७:१३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...