back
CTIZAN AD

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

वि.सं.२०८३ भदौ १३ शनिवार

15 

shares

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद राख्ने सेफ फेला पारी तोडफोड गरेर पैसा निकालेको आरोपमा प्रहरीले धादिङबाट २९ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीले बगाएर ल्याएको सेफ गल्छी गाउँपालिका–४, बेल्खुखोला, त्रिशूली नदी किनारमा फेला परेको थियो। स्थानीय व्यक्तिहरूले सेफ तोडफोड गरी त्यसमा रहेको नगद आफूखुसी निकालेर चोरी गरेको भन्ने सूचना भदौ १२ गते प्राप्त भएपछि प्रहरीले तत्काल टोली परिचालन गरेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट कुल ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार बरामद रकमको वास्तविक स्रोत, सेफमा रहेको कुल रकम तथा घटनामा थप व्यक्तिहरूको संलग्नताबारे अनुसन्धान भइरहेको छ। बरामद नगद र नियन्त्रणमा लिइएका व्यक्तिमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरु :

प्रहरीका अनुसार पक्राउ पर्नेमा गल्छी गाउँपालिका–४ मासटारका पवन पौडेल (२७), वीरबहादुर रानामगर (४१), विनोद गिरीm (३५), नवराज भेटुवाल (३३), पूर्णलाल श्रेष्ठ (४०), विष्णुमणि अधिकारी (३१), कृष्ण मगर (३६), शिवबहादुर रानामगर (४९), युवराज अधिकारी (४६), सुशान्त श्रेष्ठ (४७), सुचिमबहादुर रानामगर )४६), सविन श्रेष्ठ (२४), प्रेमबहादुर रानामगर (४३), अनिल भेटुवाल (१९), रामशरण सुवेदी (४९), मिनबहादुर रानामगर (३८), देवेन्द्र रानामगर (३२), दीपक तामाङ (३१), राजकुमार भेटुवाल (३६), दिनेश अधिकारी (२९), दिनेश पुलामी (३०), टेकबहादुर रानामगर (३०), सन्तोष श्रेष्ठ (३२) र सानुभाई श्रेष्ठ (३६) रहेका छन्।

यस्तै, सिद्धलेक गाउँपालिका–७ आदमटारका सानु खतिवडा (४९), चितवन राप्ती नगरपालिका–६ घर भई हाल धादिङ गजुरी–८ आदमघाट बस्ने विचारी आलेमगर (२९), नारायण श्रेष्ठ (३२), अग्नि आलेमगर (२०) तथा पर्सा बहुदरमाई नगरपालिका–९ घर भई हाल धादिङ गजुरी–६ आदमघाट बस्ने सकुर अन्सारी (२८) पनि नियन्त्रणमा लिइएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

वि.सं.२०८३ भदौ १३ शनिवार १५:२५ मा प्रकाशित

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...