back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन २३ शनिवार

96 

shares

एकनारायण चापागाईं, दाङ- घोराही

सिकारीले रबर तान्यो गुलेलीको
मरण निश्चित भयो बिचरो जुरेलीको

अनेकौँ फूल छन् वनमा महक छर्दै
मलाई पर्छ मन बास्ना चमेलीको

को को सङ्ग लुकाऊँ प्रेमको बन्धन
चियो गर्दै किरण आयो जुनेलीको

यहाँ तिम्रो कुनै विश्वास नै छैन
भनिन् उनले कुरा सुन्दै सहेलीको

अरूले स्वार्थका निम्ति वचन दिन्छन्
त्यसैले पर्नू भर आफ्नै हतेलीको

बहर : हजज मुसद्दस सालिम
अर्कान: मुफाईलुन , मुफाईलुन् , मुफाईलुन्
वजन: १२२२ – १२२२ – १२२२
कफिया बन्धन : एली
तहलिली रदिफ : को
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८३ साउन २३ शनिवार ०७:१० मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...