back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ साउन २३ शनिवार

102 

shares

सुरेशकुमार पाण्डे
घोराही- १८, दाङ

१.
जसको हातमा पावर
छ छुट उसैलाई
बनाउने अग्लो घर ।

२.
देशमा नैतिक भ्रष्टाचार
झाङ्गिदै छ आजभोली
हाम्रा नेताको उपहार ।

३.
कृत्रिम अभाव गरायो
भ्रष्टाचारी धेरै जन्मिए
सारा जनता अघायो ।

४.
लाइनमा बस्दा ग्यास
पाइएन रातभरमा पनि
समयको भयो नास ।

५.
सुन्दर शान्त नेपाल
हरियाली छ जताततै
मधेश पहाड हिमाल ।

६.
पहाड भत्किएर मैदान
हुन्छ नागिरक जुटे
हरेक कुराको समाधान।

७.
हिडौँ सद्भाव बोकी
गाउँ अनि सहरबाट
एकताको ताल ठोकी।

८.
देशलाई बलियो बनाऊँ
रोजगार सिर्जना गरी
पसिना स्वदेशमै खनाऊ ।

९.
हरियाली लाग्छ सुन्दर
हुन्छ स्वास्थ्य उस्तै
आक्सिजनयुक्त यो घर ।

१०.
वृक्ष सबैले रोपौँ
गाउँ, सहरबाट उठी
बाँझो जमिन छोपौँ ।

वि.सं.२०८३ साउन २३ शनिवार ०७:०८ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...