back
CTIZAN AD

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

वि.सं.२०८३ भदौ १३ शनिवार

shares

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल राष्ट्र बैंकले गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रका सेवाग्राहीलाई आवश्यक सहयोग गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ।

राष्ट्र बैंकले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण सम्पर्कविहीन भएका सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी तथा उनीहरूका परिवारजनले व्यहोर्नुपरेको पीडाप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ।

विपद्का कारण प्रभावित क्षेत्रमा अवरुद्ध बैंकिङ सेवा अविलम्ब सुचारु गर्न राष्ट्र बैंक प्रयत्नशील रहेको जनाएको छ। बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता कायम राख्न विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न समेत राष्ट्र बैंकले प्रोत्साहन गरेको छ।

राष्ट्र बैंकले विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाका ग्राहक, कर्मचारी र समुदायको सुरक्षा तथा हितलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै, प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील हुँदै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन र बैंकिङ सेवा निरन्तर सञ्चालनका लागि सम्भव भएसम्म सबै प्रयास जारी राख्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ।

नेपाल राष्ट्र बैंकले २०८३ भदौ १३ गते जारी गरेको विज्ञप्तिमार्फत विपद्को समयमा वित्तीय सेवा अवरुद्ध हुन नदिन तथा प्रभावित नागरिकलाई सहज बैंकिङ पहुँच सुनिश्चित गर्न विशेष प्राथमिकता दिएको जनाएको छ।

वि.सं.२०८३ भदौ १३ शनिवार १५:५४ मा प्रकाशित

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...